सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 16

यो अध्याय यसमा पर्छ: Over de volken

1उजाड-स्‍थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ। 2जसरी चराहरू भौंतारिन्‍छन् र जसरी गुँड छरपष्‍ट पारिन्‍छ, मोआबका स्‍त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्‍तै भएका छन्। 3“निर्देशन दओ, न्याय गर। मध्य दिनमा पनि रातको जस्तै केही सितलता प्रदान गर। भगौडाहरूलाई लुकाओ। भगौडाहरूलाई धोका नदेओ। 4मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून्। विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्‍ने ठाउँ होओ।” किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन्। 5करारको विश्‍वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ। अनि दाऊदको पालबाट आएका एक जना विश्‍वस्‍ततासाथ त्यसमा विराजमान हुनुहुनेछ। उहाँले न्‍यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्‍यवहार गर्नुहुँदा उहाँले इन्‍साफ गर्नुहुनेछ। 6मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं। तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन्। 7त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन्। कीर-हरेशेतको किशमिशको झुप्‍पाको निम्‍ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर। 8हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन्। याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन्। त्‍यसका टुसाहरू बाहिर देशमा फैलिए। ती समुद्रमाथि गए। 9साँच्‍चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु। ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु। किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु। 10फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ। अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन। दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्‍नेहरूको आवाज मैले अन्त गरेको छु। 11त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैं सुस्केरा हाल्छ। 12जब मोआबले आफूलाई उच्‍च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्‍नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन। 13परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो। 14फेरि परमप्रभु भन्‍नुहुन्छ, “मोआबको गौरव तिन वर्षभित्र हराउनेछ। त्यसको धेरै मानिहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।