सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 15

यो अध्याय यसमा पर्छ: Over de volken

1मोआबको बारेमा एउटा घोषणा। साँच्‍चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ। साँच्‍चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ। 2तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए। नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ। तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन्। 3आफ्ना गल्लीहरूमा तिनीहरू भाङ्ग्रा लगाउँछन्। तिनीहरू घरका छतहरूमाथि र चोकहरूमा हरेकले आँसु बगाउँदै विलाप गर्छन्। 4हेश्बोन र एलाले सहायताको निम्ति पुकारा गर्छन्। तिनीहरूको सोर यहसासम्म सुनिन्छ। यसरी मोआबका हतियारधारी मानिसहरूले सहायताको निम्ति पुकारा गर्छन्। तिनीहरू आफैभित्र त्रसित हुन्‍छन्। 5मेरो मनले मोआबको निम्ति पुकारा गर्छ। त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्‍छन्। तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन्। आफ्‍नो विनाशको निम्‍ति होरोनैमको बाटोमा तिनीहरू ठुलो सोरमा विलाप गर्छन्। 6निम्रीमको पानीहरू सुख्‍खा भएका छन्। घाँस ओइलिएका छन्। हरियाली सुकेका छन्। त्यहाँ कुनै हरियो घाँस छैन। 7तिनीहरूले प्रशस्त उब्‍जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पिपलहरूको खोलापारि लैजान्छन्। 8चित्‍कार मोआबको इलाकभरि नै गएको छ। विलापचाहिं एग्लेम र बेअर-एलीससम्म पुगेको छ। 9किनभने दीबोनका पानीहरू रगतले भरिएका छन्। तर म दीबोनमाथि अझ धेरै ल्याउनेछु। मोआबबाट भाग्‍ने र त्यो देशमा बस्‍नेमा समेत एउटा सिंहले आक्रमण गर्नेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।