सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 2

यो अध्याय यसमा पर्छ: Oordeel en belofte voor Juda

1आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू। 2अन्तका दिनहरूमा यस्‍तो हुनेछ परमप्रभुको मन्‍दिरको पर्वतलाई सबैभन्दा उच्‍च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्‍यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन्। 3धेरै जना मानिसहरू आउनेछन् र भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ। 4उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन्। 5ए याकूबको घराना हो, आओ र परमप्रभुको प्रकाशमा हिंडौं। 6किनकि तपाईंले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्‍नुभएको छ, किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् र पलिश्‍तीहरूले झैं तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन्। 7तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन। तिनीहरूका देश घोडाहरूले पुर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ। 8तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ। तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन्। 9मानिहरूलाई झुकाइनेछन् र व्‍यक्‍तिहरू घोप्‍टिनेछन्। त्‍यसकारण तिनीहरूलाई नउठाउनुहोस्। 10चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक। 11मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ। 12किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ— 13र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ। 14सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्‍ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा, 15र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्‍नै नसक्‍ने हरेक पर्खालका विरुद्धमा, 16र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ। 17मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ। त्यो दिनमा परमप्रभु मात्र उच्‍च पारिनुहुनेछ। 18मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन्। 19पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्‍नेछन्। 20त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्‍नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्‍नेछन्। 21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन्। 22मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।