सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यशैया 38

यो अध्याय यसमा पर्छ: Hizkia

1ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे। त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर्। किनभने तँ मर्नेछस्, बाँच्‍नेछैनस्'।” 2तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए। 3तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्‍य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्‍झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए। 4तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो, 5“जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु। हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्‍न लागेको छु। 6तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु। 7मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्‍ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ। 8हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु।” त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो। 9यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो, 10“मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु। मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ। 11मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन। मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन। 12मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ। मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु। तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ। तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ। 13मैले बिहानसम्म नै पुकारा गरें। उहाँले मेरा सबै हड्‍डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ। तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्‍त गर्दै हुनुहुन्छ। 14गौंथलीझैं म चिरबिर गर्छु। ढुकुरझैं कुर्लिन्‍छु। माथितिर हेरेर मेरा आँखा थकित भएका छन्। हे परमप्रभु, म दुःखमा परेको छु। मलाई सहायता गर्नुहोस्। 15मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ। मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु। 16हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन्। मेरो जीवन मलाई फिर्ता दिइयोस्। तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ। 17मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें। तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ। किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ। 18किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन। मृत्युले तपाईंको प्रशंसा गर्दैन। चिहानतिर जानेहरूले तपाईंको विश्‍वस्‍तताको आशा गर्दैनन्। 19जस्तो म आज गर्दैर्छु, जीवित व्यक्‍तिले, केवल जीवित व्यक्‍तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ। पिताले तपाईंको विश्‍वस्‍तता छोराछोरीलाई भन्‍छन्। 20परमप्रभुले मलाई बचाउन लाग्‍नुभएको छ र हामीले परमप्रभुको मन्‍दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।” 21यति बेला यशैयाले भनेका थिए, “अञ्‍जिरको लेप लिनु र त्‍यसलाई त्‍यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ।” 22हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको लागि के चिन्‍ह हुनेछ?”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।