सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 5

यो अध्याय यसमा पर्छ: Oergeschiedenis

1आदमका सन्तानहरूका विवरण यही हो। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो। 2उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो। उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो। 3आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे। 4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे। तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे। 6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए। 7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 8शेत ९१२ वर्ष बाँचे र तिनी मरे। 9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए। 10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे। 12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए। 13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 14केनान ९१० वर्ष बाँचे र तिनी मरे। 15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए। 16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे। 18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए। 19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 20येरेद ९६२ बाँचे र तिनी मरे। 21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए। 22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे। 23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 24हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो। 25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए। 26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे। 28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए। 29तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ।” 30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। 31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे। 32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।