सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 11

यो अध्याय यसमा पर्छ: Oergeschiedenis

1अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए। 2तिनीहरू पूर्वतिर जाँदा, तिनीहरूले शिनारको भूमिमा एउटा मैदान भेट्टाए र तिनीहरू त्यही बसे। 3तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ।” तिनीहरूसँग ढुङ्गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो। 4तिनीहरूले भने, “आओ, हाम्रो निम्ति एउटा सहर बनाऔँ र आकाश नै छुने एउटा धरहरा निर्माण गर्‍यौँ अनि नाउँ कमाऔँ। यदि हामीले यसो गरनौँ भने हामी सारा पृथ्वीभरि छरपष्‍ट हुनेछौँ।” 5यसैले परमप्रभु परमेश्‍वर आदमका सन्तानहरूले निर्माण गरेका त्यो सहर र धरहरा हेर्न तल आउनुभयो। 6परमेप्रभुले भन्‍नुभयो, “हेर, तिनीहरू एउटै भाषामा एउटै मानिसझैँ छन् अनि तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन्। तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन। 7आओ, हामी तल जाऔँ र तिनीहरूका भाषा खलबलाइ दिऔँ, ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्‍न सकून्।” 8यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पार्नुभयो र तिनीहरूले त्यो सहर निर्माण गर्न छोडे। 9यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पा्र्नुभयो। 10यिनीहरू शेमका सन्तानहरू थिए। जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने। 11शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे। तिनका अरू छोराहरू र छोरीहरू पनि भए। 12अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने। 13अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे। तिनका अरू छोराहरू र छोरीहरू पनि भए। 14शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने। 15शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए। 16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने। 17पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए। 18पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने। 19रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए। 20रऊ बत्तीस वर्षको हुँदा तिनी सरूगका पिता भए। 21सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए। 22सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने। 23नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए। 24नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने। 25तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए। 26तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने। 27तेरहका सन्तानहरू यिनीहरू थिए। तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने। 28हारान तिनको पिता तेरहसको सामु नै तिनको जन्म थलो अर्थात् कल्दीहरूको ऊरमा मरे। 29अब्राम र नाहोरले विवाह गरे र पत्‍नि ल्याए। अब्रामकी पत्‍निको नाउँ साराई थियो र नाहोरकी पत्‍निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए। 30सारा बाँझी थिइन्; तिनको कुनै बालबच्‍चाहरू थिएनन्। 31तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्‍निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए। तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे। 32तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।