सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 10

यो अध्याय यसमा पर्छ: Oergeschiedenis

1यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत। जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे। 2गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए। 3अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए। 4एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए। 5यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए। 6कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए। 7सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए। शेबा र ददान रामाहका छोराहरू थिए। 8कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए। 9तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने। त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी।” 10तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए। 11तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह, 12र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे। यो एउटा ठुलो सहर थियो। 13मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही 14पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने। 15कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती, 16यबूसी, एमोरी, 17गिर्गाशी, हिव्वी, अरकी, सिनी, 18अर्वादी, समारी र हमातीहरूका पुर्खा भए। त्यसपछि कनानीहरूका वंशहरू फैलिए। 19कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो। 20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए। 21येपेतका दाजु शेमका पनि छोराहरू भए। शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए। 22एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए। 23ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए। 24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने। 25एबेरका दुई जना छोरा भए। एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो। तिनको भाइको नाउँ योक्तान थियो। 26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, 27हदोरम, ऊजाल, दिक्ला, 28ओबाल, अबमाएल, शेबा, 29ओपीर, हवीला योबाबका पिता बने। 30तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो। 31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए। 32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए। यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।