सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 35

यो अध्याय यसमा पर्छ: Isaak en Jakob

1परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस्। तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्‍वरको निम्ति एउटा वेदी बना।” 2त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। 3अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ। त्यहाँ म परमेश्‍वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ।” 4त्यसैले तिनीहरूले आ-आफ्ना हातमा भएका सबै विदेशी देवता र तिनीहरूका कानमा लगाएका कुण्डलहरू याकूबलाई दिए। याकूबले 5तिनलाई शकेमको नजिकै रहेको फलाँटको रुखमुनि गाडे। तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्‍वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो। त्यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन्। 6याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ। 7त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्‍वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो। 8त्यहाँ रिबेकाकी धाई दबोरा मरी। त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो। त्यसैले यसको नाउँ अल्लोन-बकुत राखियो। 9याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो। 10परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन। तेरो नाउँ इस्राएल हुनेछ।” त्यसैले परमेश्‍वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो। 11परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ। फल्दै-फुल्दै वृद्धि हुँदै जा। तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन्। 12मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु। तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि म यो देश दिनेछु।” 13तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्‍वर जानुभयो। 14परमेश्‍वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे। तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए। 15परमेश्‍वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए। 16तिनीहरू बेथेलबाट प्रस्थान गरे। तिनीहरू एप्रात आइपुग्‍न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो। उनलाई ज्यादै पीडा भएको थियो। 17उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ।” 18उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए। 19राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो। 20याकूबले उनको चिहानमा एउटा खामो खडा गरे। आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ। 21इस्राएल अगि बढे र तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे। 22इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने। याकूबका बार्‍ह जना छोरा थिए। 23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून। 24राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन। 25राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली। 26लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर। यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए। 27याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए। 28इसहाक एक सय असी वर्षसम्म बाँचे। 29इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए। तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए। तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।