सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 49

यो अध्याय यसमा पर्छ: Jozef

1तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्‍मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ। 2हे याकूबका छोरा हो, जम्‍मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन। 3रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्‍ट। 4बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस्। अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌। 5शिमियोन र लेवी दाजुभाइ हुन्। हिंसाका हतियार नै तिनीहरूका तरवार हुन्। 6ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ। किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे। तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌। 7तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ। तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु। 8ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्। तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन्। तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌। 9यहूदा सिंहको डमरु हो। ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्‍च भएको छस्। त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो। कसले त्‍यसलाई उठाउने आँट गर्छ? 10यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌। जातिहरूले उहाँको आज्ञा मान्‍नेछन्। 11त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गुरको रसमा धुनेछ। 12त्‍यसका आँखा दाखमद्यजस्तै गाढा, र त्‍यसका दाँत दुधजस्ता सेता हुनेछन्‌। 13जबूलून समुद्रको किनारमा बस्‍नेछ। जहाजहरूका निम्‍ति त्‍यो बन्‍दरगाह हुनेछ, र त्‍यसको सिमाना सीदोनसम्‍म हुनेछ। 14इस्‍साखार दुई भारीहरूका बिचमा लेटिरहने बलियो गधा हो। 15जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ। त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्‍नेछ। 16इस्राएलका कुलमध्‍ये एउटा कुल भएर दानले आफ्‍ना मानिसहरूको न्‍याय गर्नेछ। 17दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्‍चा डस्‍ने विषालु सर्प हुनेछ र त्‍यसको घोडचढी पछिल्‍तिर लोट्‌छ। 18हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु। 19गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्‍यसले तिनीहरूको कुर्कुच्‍चामा आक्रमण गर्नेछ। 20आशेरको अनाज प्रशस्त हुनेछ, र त्‍यसले राजकीय खाना उपलब्ध गराउनेछ। 21नप्‍ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो। 22योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्‍छन्‌। 23धनुर्धारीहरूले त्‍यसलाई आक्रमण गर्नेछन् र त्‍यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन्। 24तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा। 25तेरा बुबाका परमेश्‍वरले तँलाई सहायता गर्नुहुन्‍छ, र सर्वशक्तिमान् परमेश्‍वरले माथि स्‍वर्गका आशिष्‌हरू, तल अगाधका आशिष्‌हरू, अनि स्‍तन र गर्भका आशिष्‌हरूले आशिषित्् तुल्याउनुहुनेछ। 26तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्‍दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन्। ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरमा पनि। 27बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो। बिहान त्यसले शिकार खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लुट बाँड्छ। 28यी इस्राएलका बाह्र कुल हुन्‌। आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो। प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए। 29तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड, 30अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए। 31उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई त्यहीँ गाडे। त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाडे। त्‍यहीँ नै मैले लेआलाई गाडेँ। 32त्‍यो खेत र त्‍यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो।” 33छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।