सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 36

यो अध्याय यसमा पर्छ: Isaak en Jakob

1एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए। 2एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए। उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा; 3र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत। 4आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्। 5ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए। 6एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए। 7तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे। तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन। 8यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे। 9सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए। 10एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल। 11एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए। 12एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन्। एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए। 13रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए। 14एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए। तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन्। 15एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज, 16कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए। 17एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा। एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए। ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए। 18एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन्। 19एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन्। 20होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना, 21दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए। एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए। 22लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन्। 23शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम। 24सिबोनका छोराहरू यिनै थिएः अय्‍या र अना। आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन्। 25अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा। 26दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान। 27एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान। 28दीशानका छोराहरू यी थिएः ऊज र आरान। 29होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना, 30दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए। 31इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए। 32बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो। 33बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे। 34योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे। 35हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए। उनको सहरको नाम अवीत थियो। 36हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे। 37सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे। 38शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे। 39अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे। उनको सहरको नाम पाऊ थियो। उनकी पत्‍नीको नाम महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्। 40एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत, 41ओहोलीबामा, एलाह, पीनोन, 42कनज, तेमान, मिब्सार, 43मग्दीएल र ईराम। तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए। एदोमीहरूका पिता एसाव यिनी नै थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।