सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उत्पत्ति 2

यो अध्याय यसमा पर्छ: Oergeschiedenis

1सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्‍टि पुरा भयो। 2सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो। 3परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। 4परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो। 5पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन। 6तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो। 7परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो। 8परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो। 9हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो। बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो। 10बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो। त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए। 11पहिलो नदीको नाम पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ। 12त्यस भूमिको सुन असल छ। त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन्। 13दोस्रो नदीको नाम गीहोन हो। योचाहिँ कूशको सारा भूमिमा बग्दछ। 14तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ। चौथो नदी यूफ्रेटिस हो। 15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो। 16परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्‍त्रता छ। 17तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस्।” 18त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु।” 19परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो। त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो। हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो। 20मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो। तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन। 21परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो। परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो। 22परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो। 23मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन्। यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन्।” 24त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन्। 25मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउँदैन थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।