सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 8

यो अध्याय यसमा पर्छ: Geslachtsregisters

1बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह, 2नोहा र रफाका थिए। 3बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, 4अबीशू, नामान, अहोह, 5गेरा, शपूपान र हुराम थिएन। 6एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए: 7नामान, अहियाह र गेरा। गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए। तिनी उज्‍जा र अहीहूदका पिता थिए। 8आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने। 9सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम, 10यूस, साकिया र मिर्माका पिता बने। आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए। 11तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए। 12एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे)। 13बरीआ र शेमा पनि त्‍यहाँ थिए। तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए। 14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत, 15जबदियाह, आराद, एदेर, 16मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए। 17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर, 18यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए। 19शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी, 20एलीएनै, सिल्‍लतै, एलीएल, 21अदायाह, बरायाह र शिम्रात थिए। 22शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल, 23अब्‍दोन, जिक्री, हानान, 24हनन्‍याह, एलाम, अन्‍तोतियाह, 25यिपदिया र पनूएल। 26यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह, 27यारेश्‍याह, एलिया र जिक्री। 28यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए। 29गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो। 30तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब, 31गदोर, अहियो, र जेकेर, थिए। 32यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए। तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे। 33नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए। शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए। 34जोनाथनका छोरा मरीब्‍बाल थिए। मरीब्बाल मीकाका पिता थिए। 35मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए। 36आहाज यहोअदाका पिता बने। यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए। जिम्री मोसका पिता थिए। 37मोस बिनेका पिता थिए। बिने रफाहका पिता थिए। रफाह एलासाका पिता थिए। एलासा आसेलका पिता थिए। 38आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए। 39तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए। 40ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए। तिनीहरूका धेरै, जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए। यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।