सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 7

यो अध्याय यसमा पर्छ: Geslachtsregisters

1इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए। 2तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए। तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए। दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो। 3उज्‍जीका छोरा यिज्‍यहि थिए। यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह थिए। यी पाँच जना सबै वंशका मुखियाहरू थिए। 4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए। 5इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए। 6बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए। 7बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए। तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए। तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो। 8बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए। यी सबै तिनका छोराहरू थिए। 9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए। 10येदीएलका छोरा बिल्‍हान थिए। बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए। 11यी सबै येदीएलका छोराहरू थिए। तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए। 12(शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए।) 13नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए। यी बिल्‍हाका नातिहरू थिए। 14मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन्। तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌। 15माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए। माकीरकी बहिनीको नाउँ माका थियो। मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए। 16माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌। तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए। 17ऊलामका छोरा बदान थिए। मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए। 18गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन्। 19शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए। 20एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए। शूतेहलका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए। तहतका छोरा एलादा थिए। एलदका छोरा छोरा तहत थिए। 21तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेहल थिए। (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे।) 22तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए। 23तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे। तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌। त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो। 24तिनकी छोरी शेराह थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌। 25तिनका छोरा रपाह थिए। रपाहका छोरा रेशेप थिए। रेपेशका छोरा तेलह थिए। तेलहका छोरा तहन थिए। 26तहनका छोरा लादान थिए। लादानका छोरा अम्‍मीहूद थिए। अम्मीहूदका छोरा एलीशामा थिए। 27एलीशामाका छोरा नून थिए। नूनका छोरा यहोशू थिए। 28तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए। तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए। 29मनश्‍शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे। 30आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह थिइन्‌। 31बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए। 32हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए। तिनीहरूकी बहिनी शूअ थिइन्। 33यप्‍लेतका छोराहरू पासक, बिम्‍हाल र अश्‍वात थिए। यिनीहरू यप्लेतका सन्तान थिए। 34यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए। 35शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए। 36सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह, 37बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए। 38येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए। 39उल्‍लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए। 40यी सबै आशेरका सन्‍तानहरू थिए। तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए। तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।