सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 26

यो अध्याय यसमा पर्छ: David

1द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए। 2मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल, 3ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए। 4ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल, 5अन्‍तरे अम्‍मीएल, जन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै, किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष्‌ दिनुभएको थियो। 6तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे। तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए। 7शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए। तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए। 8यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए। ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए। 9मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए। तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए। 10मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए), 11माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए। होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए। 12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो। 13तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले। 14जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो। तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो। 15ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो। 16शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो। हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो। 17पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्‍थे। 18पश्‍चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो। 19द्वारपालका दलहरू यी नै थिए। तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो। 20लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए। 21लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र 22यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए। 23अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः 24मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए। 25एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्‍याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए। 26दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्‍डरहरू र सेनाका अरू कमाण्‍डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो। 27तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति छुट्याएका थिए। 28अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्‍ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो। छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्‍मामा थिए। 29यिसहारीका सन्तानहरूबाट, कनन्‍याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो। तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए। 30हेब्रोनका सन्तानहरूबाट, हशब्‍याह र तिनका दाजुभाइ १,७०० योग्‍य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए। तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए। 31हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए। दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए। 32यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए। यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।