सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 20

यो अध्याय यसमा पर्छ: David

1बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे। तिनले गए र रब्‍बालाई घेरा हाले। दाऊदचाहिं यरूशलेममा नै रहे। योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे। 2दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्‍यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू जडिएका थिए। त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो, र तिनले त्‍यस सहरबाट धेरै परिणाममा लुटपाट गरे। 3त्‍यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्‍चराहरूका काममा लगाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्‍तो कामका लगाए। तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के। 4यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लडाइँ भयो। हूशाती सिब्‍बकैले रपाईहरूका सन्‍तानमध्‍ये एक सिप्‍पैलाई मारे, र पलिश्‍तीहरूलाई अधीन गरियो। 5पलिश्‍तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्‍हानानले गित्तीको गोल्‍यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो। 6गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो। त्‍यो पनि रफाको सन्‍तान थियो। 7जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे। 8तिनीहरू गातका रफाका सन्‍तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।