सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 27

यो अध्याय यसमा पर्छ: David

1यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो। हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे। हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए। 2पहिलो महिनाको भाग जब्‍दीएलका छोरा याशोबामको थियो। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 3तिनी फारेसका सन्‍तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए। 4अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए। मिक्‍लोत दोस्रो दर्जामा थिए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 5अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्‍डर थिए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 6यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए। तिनका छोरा अम्‍मीजाबाद तिनको दलमा थिए। 7चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए। तिनीपछि तिनका छोरा जबदियाह कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 8पाँचौं महिनाको लागि यिज्‍याहका सन्तान शम्‍हूत कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 9छैटौं महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 10सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 11आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 12नवौं महिनाको लागि बेन्‍यामीन कुलका अनातोती अबीएजेर कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 13दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 14एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 15बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए। तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए। 16इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए। शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए। 17लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्‍याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए। 18यहूदाका कुलका निम्ति दाऊदका दाजु एलीहू अगुवा थिए। इस्‍साखारका कुलका निम्ति मिखाएलका छोरा ओम्री अगुवा थिए। 19जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्‍मायाह अगुवा थिए। नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए। 20एफ्राइमका कुलका निम्ति अजज्‍याहका छोरा होशिया अगुवा थिए। मनश्‍शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए। 21गिलादमा भएका मनश्‍शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए। बेन्‍यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए। 22दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए। इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए। 23दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो। 24सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌। यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो। यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन। 25राजाका भण्‍डारहरूको जिम्‍मा अदीएलका छोरा अज्‍मावेतलाई दिइयो। देशका, सहरहरूका, गाउँहरूका र किल्‍ला भएका सहरहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा दिइयो। 26देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए। 27दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए, अनि दाख र दाखमद्य व्‍यापारीको जिम्‍मा शेपेमी जब्‍दीको दिइयो। 28तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो। 29शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए, र बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए। 30ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए। भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए। 31हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए। 32दाऊदका काका जोनाथन सल्‍लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्‍त्री थिए। हक्‍मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे। 33अहीतोपेल राजाका सल्‍लाहकार थिए, र अरकी मानिसका हूशै राजाका व्‍यक्‍तिगत सल्‍लाहकार थिए। 34अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए। योआब राजाका सेनाका कमाण्‍डर थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।