सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 6

यो अध्याय यसमा पर्छ: Geslachtsregisters

1लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए। 2कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। 3अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए। हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए। 4एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए। 5अबीशू बुक्‍कीका पिता भए, बुक्‍की उज्‍जीका पिता भए। 6उज्‍जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए। 7मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए। 8अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए। 9अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए। 10योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे। 11अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए। 12अहीतूब सादोकका पिता भए, र सादोक शल्‍लूमका पिता भए। 13शल्‍लूम हिल्‍कियाहका पिता भए, र हिल्‍कियाह अजर्याहका पिता भए। 14अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए। 15परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए। 16लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए। 17गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए। 18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। 19मरारीका छोराहरू महली र मूशी थिए। आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌। 20गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए। लिब्‍नीका छोरा येहाथ तिए। तिनका छोरा जिम्‍माह थिए। 21तिनका छोरा योआ थिए। तिनका छोरा इद्दो थिए। तिनका छोरा जेरह तिए। तिनका छोरा यातरै थिए। 22कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए। तिनका छोरा कोरह थिए। तिनका छोरा अस्‍सीर थिए। 23तिनका छोरा एल्‍काना थिए। तिनका छोरा एब्‍यासाप थिए। तिनका छोरा अस्‍सीर थिए। 24तिनका छोरा तहत थिए। तिनका छोरा उरीएल थिए। तिनका छोरा उज्‍जियाह थिए। तिनका छोरा शौल थिए। 25एल्‍कानाका छोराहरू अमासै, अहीमोत, 26अनि एल्‍काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत, 27तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए। 28शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए। 29मरारीका छोरा महली थिए। तिनका छोरा लिब्‍नी थिए। तिनका छोरा शिमी थिए। तिनका छोरा उज्‍जाह थिए। 30तिनका छोरा शिमेअ थिए। तिनका छोरा हग्‍गियाह थिए। तिनका छोरा असायाह थिए। 31सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌। 32सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे। तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे। 33आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए। कहातीहरूबाट सङ्गीतकार हेमान आए। तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए। 34शमूएल एल्‍कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए। 35तोह सूपका छोरा थिए। सूप एल्‍कानाका छोरा थिए। एल्काना महतका छोरा थिए। महत अमासैका छोरा थिए। अमासै एल्‍कानाका छोरा थिए। 36एल्काना योएलका छोरा थिए। योएल अजर्याहका छोरा थिए। अजर्याह सपन्‍याहका छोरा थिए। 37समपन्याह तहतका छोरा थिए। तहत अस्‍सीरका छोरा थिए। अस्सीर एब्‍यासापका छोरा थिए। एब्‍यासाप कोरहका छोरा थिए। 38कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए। 39हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्‍थे। आसाप बेरेक्‍याहका छोरा थिए। बेरेक्याह शिमेअका छोरा थिए। 40शिमेअ मिखाएलका छोरा थिए। मिखाएल बासेयाहका छोरा थिए। बासेयाह मल्‍कियाहका छोरा थिए। 41मल्कियाह एत्‍नीका छोरा थिए। एत्‍नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए। 42अदायाह एतानका छोरा थिए। एतान जिम्‍माहका छोरा थिए। जिम्माह शिमीका छोरा थिए। 43शिमी यहतका छोरा थिए। यहत गेर्शोनका छोरा थिए। गेर्शोन लेवीका छोरा थिए। 44हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए। तिनीहरूमा कीशीका छोरा एतान थिए। कीशी अब्‍दीका छोरा थिए। अब्दी मल्‍लूकका छोरा थिए। 45मल्लूक हशब्‍याहका छोरा थिए। हशब्याह अमस्‍याहका छोरा थिए। अमस्याह हिल्‍कियाहका छोरा थिए। 46हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए। 47शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए। 48तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो। 49हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए। यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए। 50हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए। एलाजारका छोरा पीनहास थिए। पीनहासका छोरा अबीशू थिए। 51अबीशूका छोरा बुक्‍की थिए। बुक्‍कीका छोरा उज्‍जी थिए। उज्‍जीका छोरा जरयाह थिए। 52जरयाहका छोरा मरायोत थिए। मरायोतका छोरा अमर्याह थिए। अमर्याहका छोरा अहीतूब थिए। 53अहीतूबका छोरा सादोक थिए। सादोकका छोरा अहीमास थिए। 54हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो)। 55उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्‍यसका खर्कहरू दिए, 56तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए। 57हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्‍थानको सहर) र लिब्‍ना, यत्तीर, र एश्‍तमोका खर्कहरूसहित, 58खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए। 59अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए। 60अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए। तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए। यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो। 61कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो। 62गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो। 63मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए। 64यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए। 65माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो। 66कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए। 67तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित, 68खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन, 69खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो। 70मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए। यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने। 71गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए। 72इस्‍साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत, 73खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए। 74इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्‍दोन, 75खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्‍त गरे। 76तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्‍मोन र खर्कहरूसहित किर्यातैम, प्राप्‍त गरे। 77मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम, कर्तह, रिम्‍मोनो र खर्कहरूसहित तबोर प्राप्‍त गरे, 78अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह, 79खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात, 80लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम, 81खर्कहरूसहित हेश्‍बोन र खर्कहरूसहित याजेर प्राप्‍त गरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।