सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 23

यो अध्याय यसमा पर्छ: David

1जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए। 2पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए। 3तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो। तिनीहरूको संख्या अठ्तीस हजार थियो। 4“तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए। 5चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने। 6तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे। 7लादान र शिमी गेर्शोनका वंशका थिए। 8लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए। 9शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए। लादानका वंशका मुखियाहरू यी नै थिए। 10शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए। 11यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए। 12कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। 13अम्रामका छोराहरू हारून र मोशा थिए। अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो। तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो। 14तर परमेश्‍वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए। 15मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए। 16गेर्शोमका सन्‍तानमा शूबाएल जेठा थिए। 17एलीएजरका सन्‍तान रहब्‍याह थिए। एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए। 18यिसहारका छोरा अगुवा शलोमीत थिए। 19हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्‍छ थिए। 20उज्‍जीएलका छोराहरू मीका जेठा र यिशियाह माइला थिए। 21मरारीका छोराहरू महली र मूशी थिए। महलीका छोराहरू एलाजार र कीश थिए। 22एलाजार छोराहरू नभै मरे। तिनका छोरीहरू मात्र थिए। कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे। 23मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए। 24आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए। परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए। 25किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ। उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ। 26लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन।” 27किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए। 28तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो। तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो। 29उपस्‍थितिको रोटी, अन्‍नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्‍न कुराहरू नाप्‍नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्‍मा पनि तिनीहरूको थियो। 30हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे। तिनीहरूले बेलुका, 31र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे। तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो। 32तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।