सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 3

यो अध्याय यसमा पर्छ: Geslachtsregisters

1हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए। 2साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए। 3अबीतलबाट ठाहिंला शपत्‍याह थिए, र तिनकी पत्‍नी एग्‍लाबाट कान्‍छा यित्राम भए। 4यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे। त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे। 5शम्‍मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्‍मेका थिए। 6दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत, 7नोगह, नेपेग, यापी, 8एलीशामा, एल्‍यादा र एलीपेलेत थिए। 9दाऊदका छोराहरू यिनै थिए,जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन्। तामार तिनीहरूकी बहिनी थिइन्‌। 10सोलोमनका छोरा रहबाम थिए। रहबामका छोरा अबिया थिए। अबियाका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए। 11यहोशापातका छोरा यहोराम थिए। यहोरामका छोरा अहज्‍याह थिए। अहज्याहका छोरा योआश थिए। 12योआश का छोरा अमस्‍याह थिए। अमस्‍याहका छोरा अजर्याह थिए। अजर्याह का छोरा योताम थिए। 13योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकिया थिए। हिजकियाका छोरा मनश्‍शे थिए। 14मनश्शेका छोरा अमोन थिए। अमोनका छोरा योशियाह थिए। 15योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए। 16यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए। 17कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल, 18मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह थिए। 19पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए। यरुबाबेलका छोराहरू मशुल्‍लाम र हनन्‍याह थिए। तिनीहरूकी बहिनी शलोमीत थिइन्‌। 20तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद थिए। 21हनन्‍याहका छोराहरू पलत्‍याह र यशयाह थिए। तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्‍याह थिए। 22शकन्‍याहका छोरा शमायाह थिए। शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए। 23नार्याहका छोराहरू एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम थिए। 24एल्‍यहोएनैका छोराहरू होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।