सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 2

यो अध्याय यसमा पर्छ: Geslachtsregisters

1इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून, 2दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर। 3यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌। यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो। 4तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌। यहूदा जम्‍मा पाँच जना छोराहरू थिए। 5फारेसका छोराहरू हेस्रोन र हामूल थिए। 6जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्‍मा पाँच जना थिए। 7कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्‍याए। 8एतानका छोरा अजर्याह थिए। 9हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए। 10राम अम्‍मीनादाबका पिता बने, र अम्‍मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए। 11नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने। 12बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने। 13यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ, 14काहिंला नतनेल, ठाहिंलो राद्दै, 15अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने। 16तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए। 17अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्‍माएली येतेर थिए। 18हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए। तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए। 19अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌। 20हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने। 21पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे। तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌। 22सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे। 23गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए। यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए। 24हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे। उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन्। 25हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। 26यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन्। तिनी ओनामकी आमा थिइन्‌। 27यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए। 28ओनामका छोराहरू शम्‍मै र यादा थिए। शम्‍मैका छोराहरू नादाब र अबीशूर थिए। 29अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌। 30नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे। 31अप्‍पेमका छोरा यिशी थिए। यिशीका छोरा शेशान थिए। शेशानका छोरा अहलैका थिए। 32शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए। येतेर सन्‍तानबिना नै मरे। 33जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए। 34अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌। शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो। 35शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए। तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌। 36अत्तै नातानका पिता र नातान जाबादका पिता बने। 37जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने। 38ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने। 39अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने। 40एलासा सिस्‍मैका पिता बने र सिस्‍मै शल्‍लूमका पिता बने। 41शल्‍लूम यकम्‍याहका पिता बने र यकम्‍याह एलीशामाका पिता बने। 42यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए। उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए। 43हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए। 44शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए। रेकेम शम्‍मैका पिता बने। 45शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए। 46कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन्। हारान गाजेजका पिता बने। 47यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए। 48कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन्। 49तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌। कालेबकी छोरी अक्‍सा थिइन्‌। कालेबका सन्‍तान यी नै थिए। 50एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल, 51बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप थिए। 52किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा, 53र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए। सोराती र एश्‍तोलीहरू यिनीहरूका सन्‍तान भए। 54सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, 55अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू थिए। यिनीहरू रेकाबको घरानाका पिता हम्‍मतबाट आएका केनीहरू हुन्

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।