सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 15

यो अध्याय यसमा पर्छ: David

1दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए। तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे। 2तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो।” 3त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए। 4दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए। 5कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए। 6मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए। 7गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए। 8एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए। 9हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए। 10उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए। 11दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए। 12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ। तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ। 13तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ। यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं।” 14यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे। 15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए। 16लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए। 17यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे। तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे। 18तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल। 19सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्‍यालीहरू बजाउन नियुक्त गरियो। 20जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए। 21मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे। 22लेवीहरूका अगुवा कनन्‍याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए। 23बेरेक्‍याह र एल्‍काना सन्‍दूकका गार्डहरू थिए। 24शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो। ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका गार्डहरू थिए। 25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए। 26परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए। 27सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए। दाऊदले मलमलको एपोद लाएका थिए। 28यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए। 29तर जब परमप्रभुका करारको सन्‍दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्‍यालबाट बाहिर हेरिन्। उनले दाऊद राजालाई नाच्‍दै र उत्सव मनाउँदै गरेका देखिन्। तब उनले आफ्‍नो मनमा तिनलाई तुच्‍छ ठानिन्‌।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।