सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 4

यो अध्याय यसमा पर्छ: Geslachtsregisters

1यहूदाका सन्‍तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए। 2शोबाल रायाहका पिता थिए। रायाह यहतका पिता थिए। यहत अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए। 3एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्‍मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो। 4पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए। एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए। एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए। 5तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू हेलह र नारा थिए। 6नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌। नाराका छोराहरू यि नै थिए। 7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान, 8र कोस थिए। कोसचाहिं आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए। 9याबेस आफ्‍ना दाजुभाइभन्‍दा आदरणीय थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन्। तिनले बनिन्, “किनभने मैले त्‍यसलाई वेदनामा जन्‍माएँ।” 10याबेसले इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्‍चै आशिष्‌ दिनुहुन्‍छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस्। तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्‍छ, जसले गर्दा म पीडामुक्‍त हुन सक्‍छु।” यसैले परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो। 11शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्‍तोनका पिता थिए। 12एश्‍तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्‍नाका पिता बने। यिनीहरू रेकाका मानिसहरू थिए। 13कनजका छोराहरू ओत्‍निएल र सरायाह थिए। ओत्‍निएलका छोराहरू हतत र मोनोतै थिए। 14मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए। 15यपुन्‍नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए। एलाहका छोरा कनज थिए। 16यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए। 17एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए। मेरेदले विवाह गरेकी मिश्री बित्‍याहले मिरियम, शम्‍मै र एश्‍तमोका पिता यिश्‍बहलाई जन्‍माइन्‌। 18यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए। मेरेदकी यहूदी पत्‍नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन्। 19नहमकी बहिनी होदियाहकी पत्‍नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने। अर्का माकाती एश्‍तमो थिए। 20शिमोनका छोराहरू अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन थिए। यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए। 21यहूदाका छोरा शेलहका सन्‍तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्‍बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू, 22योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे। (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो।) 23यि कुमालेहरू नतैम र गदेरामा बस्‍थे र राजाको निम्‍ति काम गर्थे। 24शिमियोनका सन्‍तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए। 25शौलका छोरा शल्‍लूम थिए, शल्‍लूमका छोरा मिब्‍साम थिए, र मिब्‍सामका छोरा मिश्‍मा थिए। 26मिश्‍माका सन्‍तानहरू तिनका छोरा हम्‍मूएल, तिनका नाति जक्‍कूर, तिनका पनाति शिमी थिए। 27शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए। तिनका भाइका धेरै छोराछोरी थिएनन्। यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन। 28तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे। 29तिनीहरू बिल्‍हा, एसेम, तोलद, 30बतूएल, होर्मा, सिक्‍लग, 31बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे। दाऊदले शासन नगरेसम्‍म तिनीहरूका सहरहरू यी नै थिए। 32तिनीहरूका पाँच बस्‍तीहरू एताम, ऐन, रिम्‍मोन, तोकेन र आशान थिए, 33साथै बालातसम्‍मै वरिपरि तिनीहरूका गाउँहरू थिए। तिनीहरूका बस्‍तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे। 34वंशका अगुवाहरू मशोबाब, यम्‍लेक, अमस्‍याहका छोरा योशा, 35योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए, 36एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, 37र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए। 38माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे। 39तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए। 40तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए। त्यो भुभाग फराकिलो, शान्‍त र सूनसान थियो। अघि त्‍यो ठाउँमा हामका मानिसहरू बसेका थिए। 41यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्‍यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे। तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर। 42तिबाट, शिमियोनका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएललाई आफ्‍ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए। 43तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्‍म त्‍यहाँ बसेका छन्‌।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।