सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 इतिहास 1

यो अध्याय यसमा पर्छ: Geslachtsregisters

1आदम, शेत, एनोश, 2केनान, महलालेल, येरेद, 3हनोक, मतूशेलह, लेमेक। 4नोआका छोराहरू शेम, हाम र येपेत थिए। 5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए। 6गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए। 7यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए। 8हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए। 9कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए। रामाका छोराहरू शेबा र ददान थिए। 10कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए। 11मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू, 12पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने। 13कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने। 14तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू, 15हिव्‍वीहरू, अरकीहरू, सिनीहरू, 16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने। 17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए। अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए। 18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए। 19एबेरका दुई जना छोराहरू थिए। एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो। तिनका भाइको नाउँ योक्तान थियो। 20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह, 21हदोरम, ऊजाल, दिक्‍ला, 22ओबाल, अबमाएल, शेबा, 23ओपीर, हवीला र योबाबका पिता बने। यी सबै योक्तानका सन्तति थिए। 24शेम, अर्पक्षद, शेलह, 25एबेर, पेलेग, रऊ, 26सरूग, नाहोर, तेरह, 27अब्राम जो अब्राहाम थिए। 28अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए। 29तिनीहरूका सन्‍तान यी नै हुन्‌: इश्‍माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्‍साम, 30मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा, 31यतूर, नापीश र केदमा। यिनीहरू इश्‍माएलका छोराहरू थिए। 32अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए। योक्षानका छोराहरू शेबा र ददान थिए। 33मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए। यी सबै कतूराका सन्‍तान थिए। 34अब्राहाम इसहाकका पिता बने। इसहाकका छोराहरू एसाव र इस्राएल थिए। 35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए। 36एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए। 37रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए। 38सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए। 39लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो। 40शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए। सिबोनका छोराहरू अय्‍या र अना थियो। 41अनाका छोरा दीशोन थिए। दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए। 42एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए। दीशानका छोराहरू ऊज र आरान थिए। 43इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो। 44बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए। 45योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए। 46हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे। तिनको सहरको नाउँ अवीत थियो। 47हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए। 48सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए। 49शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे। 50अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे। तिनको सहरको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌। 51हदद मरे। एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत, 52प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन, 53प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार, 54प्रधान मग्‍दीएल र प्रधान ईराम थिए। एदोमका प्रधानहरू यी नै थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।