सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 8

यो अध्याय यसमा पर्छ: Slavernij en bevrijding

1तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे। 2तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने म तेरो सारा देशलाई भ्यागुताले सताउनेछु। 3नदी भ्यागुताहरूले भरिनेछ। तिनीहरू तेरो घर, सुत्‍ने कोठा र तेरो ओछ्यानमा आउनेछन्। तिनीहरू तेरा मानिसहरू, तेरा चुलाहरू र पिठो मुछ्ने आह्रीहरूमा आउनेछन्। 4भ्यागुताहरूले तँलाई, तेरा मानिसहरू र तेरा सबै अधिकारीलाई आक्रमण गर्नेछन्'।” 5परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी लिएर नदीहरू, खोलाहरू र तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस्'।” 6हारूनले मिश्रका पानीमा आफ्नो हात पसारे र भ्यागुताहरू आएर मिश्र देशलाई ढाके। 7तर जादुगरहरूले पनि त्यसै गरे। तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए। 8तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू लैजाऊन् भनी परमप्रभुलाई बिन्ती चढाओ। तब म उहाँलाई बलिदान चढाउन तेरा मानिसहरूलाई जान दिनेछु।” 9मोशाले फारोलाई भने, “तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूका लागि मैले कहिले बिन्ती गर्ने भनी तपाईंले मलाई आज्ञा दिन सक्‍नुहुन्छ ताकि तपाईं र तपाईंका घरहरूबाट भ्यागुताहरूलाई हटाई ती नदीमा मात्र हुन सकून्।” 10फारोले भने, “भोलि।” मोशाले भने, “तपाईंले भन्‍नुभएझैँ होस् अनि परमप्रभु हाम्रा परमेश्‍वरजस्तै कोही रहेनछ भनी तपाईंले थाहा पाउनुभएको होस्। 11भ्यागुताहरू तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। ती नदीमा मात्र बस्‍नेछन्।” 12मोशा र हारून फारोकहाँबाट गए। तब परमप्रभुले फारोकहाँ ल्याउनुभएका भ्यागुताहरूको बारेमा मोशाले उहाँलाई पुकारा गरे। 13मोशाले बिन्ती गरेजस्तै परमप्रभुले गर्नुभयो अर्थात् भ्यागुताहरू घरहरू, चोकहरू र खेतहरूमा मरे। 14मानिसहरूले तिनलाई जम्मा गरी थुप्रो लगाए र ती गन्हाउन लागे। 15तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन्। 16परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी पसारेर जमिनको धुलोमा प्रहार गर्नुहोस् ताकि यो मिश्र देशभरि भुसुना बनोस्'।” 17तिनीहरूले त्यसै गरे। हारूनले लट्ठी लिएर आफ्नो हात पसारे। तिनले जमिनको धुलोमा प्रहार गरे। भुसुनाहरू मानिस र पशुहरूमा आए। सारा मिश्र देशभरि जमिनको धुलो भुसुनै-भुसुना भए। 18जादुगरहरूले पनि तिनीहरूका जादुद्वारा भुसुनाहरू ल्याउन खोजे तर तिनीहरूले सकेनन्। मानिस र पशुहरूमा भुसुनाहरू थिए। 19तब जादुगरहरूले फारोलाई भने, “यसमा परमेश्‍वरको हात छ।” तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन्। परमप्रभुले भन्‍नुभएझैँ भयो। 20परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे। 21तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँ, तेरा अधिकारीहरू, तेरा मानिसहरू र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। मिश्रीहरूका घरहरू मात्र नभएर तिनीहरू खडा हुने जमिन पनि झिँगाहरूले भरिनेछन्। 22तर त्यस दिन म मेरा मानिसहरू बसिरहेका गोशेन प्रदेशलाई चाहिँ फरक तरिकाले व्यवहार गर्नेछु ताकि त्यहाँ झिँगाहरू नहोऊन्। यो देशमा म परमप्रभु हुँ भनी तैँले जानोस् भनी यसो हुनेछ। 23मेरा मानिसहरू र तेरा मानिसहरूका बिचमा म भिन्‍नता ल्याउनेछु। भोलि मेरो शक्तिको यो चिन्ह हुनेछ'।” 24परमप्रभुले त्यसै गर्नुभयो। फारोका घरहरू र तिनका अधिकारीहरूका घरहरूमा हुलका हुल झिँगाहरू आए। मिश्र देशभरि झिँगाहारूले देशलाई सखाप पारे। 25फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्‍वरलाई बलिदान चढाउन जाओ।” 26मोशाले भने, “हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ। हामीले मिश्रीहरूलाई घिनलाग्‍ने बलि तिनीहरूकै आँखाको सामुन्‍ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र? 27परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जानैपर्छ।” 28फारोले भने, “परमप्रभु तिमीहरूका परमेश्‍वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु। तिमीहरू धेरै टाढा भने जानुहुँदैन। मेरो लागि प्रार्थना चढाऊ।” 29मोशाले भने, “म यहाँबाट जानेबित्तिकै हजुर फारो र हजुरका अधिकारीहरूसाथै मानिसहरूबाट झिँगाका हुलहरू भोलि नै हटून् भनी बिन्ती गर्नेछु। तर परमप्रभुलाई बलिदान चढाउन जान नदिई हाम्रा मानिसहरूलाई तपाईंले छल गर्नुहुँदैन। 30मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए। 31मोशाले अनुरोध गरेअनुसार परमप्रभुले गर्नुभयो, र उहाँले फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूबाट झिँगाका हुलहरूलाई हटाइदिनुभयो। एउटै पनि बाँकी रहेन। 32तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।