सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 27

यो अध्याय यसमा पर्छ: Instructies voor de tabernakel

1तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू। वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ। 2त्यसका चारवटै कुनामा गोरुको सिङजस्तो आकार बनाउनू। वेदी र त्यसका सिङहरू एउटै टुक्राबाट बनाउनू, र तिनलाई काँसाले मोहोर्नू। 3वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनूः खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू। यी सबै भाँडाकुँडा काँसाको बनाउनू। 4वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू। जालीमाथि 5चारै कुनामा काँसाका चारवटा मुन्द्रा लगाउनू। जाली वेदीको बिचसम्मै पुग्‍ने गरी यसलाई वेदीको मुनिपट्टिको बिटमुनि राख्‍नू। 6वेदीको लागि बबुल काठका डन्डाहरू बनाउनू, र तिनलाई काँसाले मोहोर्नू। 7डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन्। 8फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू। तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू। 9पवित्र वासस्थानको लागि चोक बनाउनू। चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्‍नू जसका लमाइ एक सय हात होऊन्। 10तिनका खम्बाहरू बिसवटा र आधार पनि बिसवटै काँसाका होऊन्। खम्बामा अङ्कुसेहरू र चाँदीका फित्ताहरू होऊन्। 11त्यसै गरी, उत्तरपट्टि एक सय हात लामो पर्दाहरू होऊन्, अनि तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि बिसवटा काँसाका होऊन् अनि अङ्कुसेहरू चाँदीका फित्ताहरू पनि गाँसिऊन्। 12चोकको पश्‍चिमपट्टि पचास हात लामो पर्दा राख्‍नू। दसवटा खम्बा र दसवटा आधार राख्‍नू। 13चोकको पूर्वपट्टि पचास हात होस्। 14प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन्। तिनका तिनवटा खम्बा र तिनवटै आधार होऊन्। 15अर्कोपट्टि पनि पन्ध्र हातका पर्दाहरू होऊन्। तिनका पनि तिनवटा खम्बा र तिनवटै आधार होऊन्। 16चोकको द्वारमा राखिने पर्दा बिस हातको होस्। यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस्। यसका चारवटा खम्बा र चारवटा आधार होऊन्। 17चोकका सबै खम्बाका लागि चाँदीका फित्ता, चाँदीकै अङ्कुसे र काँसाका आधारहरू होऊन्। 18चोकको लमाइ एक सय हात र चौडाइ पचास हातको होस्। यसका पर्दाहरूको उचाइ पाँच हातको होस्। ती पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका होऊन् र तिनका आधारहरूचाहिँ काँसाका होऊन्। 19पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामग्रीसाथै पाल र चोकका सबै किलाहरू काँसाबाट बनेका होऊन्। 20तैँले इस्राएलका मानिसहरूलाई दियाको निम्ति पेलिएको भद्राक्षको शुद्ध तेल ल्याउन आज्ञा दे ताकि दियाहरू निरन्तर बलिरहून्। 21भेट हुने पालमा गवाहीको सन्दुक राखिने पवित्र वासस्थानको पर्दाको अगाडिपट्टि हारून र तिनका छोराहरूले परमप्रभुको सामु साँझदेखि बिहानसम्म दियाहरू बालिरहून्। इस्राएलका मानिसहरूका पुस्तौँसम्म यो रहिरहिने विधि होस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।