सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 15

यो अध्याय यसमा पर्छ: Slavernij en bevrijding

1तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए। तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ। घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ। 2परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा पिता-पुर्खाका परमेश्‍वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु। 3परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो। 4उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ। फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे। 5गहिराइले तिनीहरूलाई छोप्यो। तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे। 6हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ। 7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो। तपाईंले आफ्नो क्रोध पठाउनुभयो। यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो। 8तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो। बगिरहेको पानी स्थिर भई उभियो। गहिरो पानी समुद्रको मुटुमा जम्यो। 9शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु। मेरो इच्छा तिनमा तृप्‍त हुनेछ। म मेरो तरवार थुत्‍नेछु। मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन्।' 10तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो। तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे। 11हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र? 12तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो। 13तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ। तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ। 14जाति-जातिहरूले सुन्‍नेछन्, र तिनीहरू थरथर काँप्‍नेछन्। त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ। 15तब एदोमका मुखियाहरू डराउनेछन्। मोआबका सिपाहीहरू हल्लिनेछन्। कनानका सबै बासिन्दा पग्लनेछन्। 16आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन्। हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन्। 17तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ। हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन्। 18परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ।” 19किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे। परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो। तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए। 20हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्‍त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे। 21मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ। घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।” 22तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे। तिनीहरू शूरको उजाड-स्थानमा लागे। तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन् 23। त्यसपछि तिनीहरू मारा भन्‍ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन्। त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे। 24त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे। 25मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो। मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो। त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो। 26उहाँले भन्‍नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्‍टिमा जे ठिक छ त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्‍वर हुँ।” 27तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्‍हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए। तिनीहरूले पानी नजिकै पाल टाँगे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।