सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रस्थान 37

यो अध्याय यसमा पर्छ: De tabernakel gebouwd

1बजलेलले बबुल काठबाट सन्दुक बनाए। यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो। 2तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए। 3तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले। 4तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे। 5तिनले सन्दुकलाई बोक्‍न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले। 6तिनले निखुर सुनबाट प्रायश्‍चित्तको ढकनी बनाए। यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो। 7बजलेलले प्रायश्‍चित्तको ढकनीको दुवै छेउका लागि पिटेको सुनका दुईवटा करूब बनाए। 8एउटा करूब प्रायश्‍चित्तको ढकनीको एउटा छेउमा अर्को करूब अर्को छेउको लागि थिए। ती करूबहरू प्रायश्‍चित्तको ढकनीकै टुक्राबाट बनाइएका थिए। 9करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्‍चित्तको ढकनीलाई छाया पारेका थिए। करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरेका थिए। 10बजलेलले बबुल काठबाट टेबुल बनाए। यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो। 11तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए। 12तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए। 13तिनले टेबुलको निम्ति ढालेर चारवटा मुन्द्रा बनाए, र ती मुन्द्राहरूलाई चारवटा खुट्टाका चारवटा कुनामा लगाए। 14टेबुललाई बोक्‍न ती मुन्द्राहरू डन्डाहरूका लागि ठाउँ हुनलाई घेरोको छेउमा थिए। 15तिनले टेबुल बोक्‍नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे। 16तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबुलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए। 17तिनले यी सबै निखुर सुनले बनाए। तिनले पिटेको निखुर सुनबाट सामदान बनाए। तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए। यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए। 18यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी छवटा हाँगा बाहिरतिर निस्केका थिए। 19पहिलो हाँगामा हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए। सामदानबाट बाहिरतिर निस्केका छवटै हाँगा उस्तै थिए। 20सामदानको बिचको डन्डामा हाडे-बदाममा चारवटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए। 21सामदानबाट निस्केका छवटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो। सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए। 22तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए। 23बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए। 24तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए। 25बजलेलले बबुल काठबाट धूपको वेदी बनाए। यसको लमाइ एक हात र चौडाइ एक हातको थियो। यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो। यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए। 26तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरूलाई निखुर सुनले मोहोरे। तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए। 27बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए। 28तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे। 29तिनले अभिषेक गर्ने पवित्र तेल अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।