सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

खोज

“ज्योति” का नतिजाहरू

पवित्र बाइबल मा १०६ पद भेटिए।

  1. उत्पत्ति 1:14परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन्।
  2. उत्पत्ति 1:15पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन्।” तब त्यस्तै भयो।
  3. उत्पत्ति 1:16परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
  4. प्रस्थान 13:21परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो। रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो। यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे।
  5. यहोशू 15:28हसर-शूआल, बेर्शेबा, बिज्योत्या।
  6. 1 राजाहरू 14:4यारोबामकी पत्नीले त्यसै गरिन्। उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन्। अहियाहले देख्न सक्दैनथे। तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए।
  7. अय्यूब 3:9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन्। त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस्।
  8. अय्यूब 3:20दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ?
  9. अय्यूब 3:22जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ?
  10. अय्यूब 3:23जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ?
  11. अय्यूब 12:22उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ।
  12. अय्यूब 18:6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ। ऊमाथि रहेको उसको बत्ती निभाइनेछ।
  13. अय्यूब 22:28तपाईंले कुनै पनि आदेश दिनुहुनेछ, र तपाईंको निम्‍ति त्‍यो कुरो पुरा हुनेछ। तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ।
  14. अय्यूब 24:13केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन्। तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन्।
  15. अय्यूब 25:3के उहाँको फौजको गन्ति गर्न सकिन्छ र? कसमाथि उहाँको ज्योति चम्कँदैन र?
  16. अय्यूब 29:3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें।
  17. अय्यूब 29:24तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें। तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे।
  18. अय्यूब 30:26जब मैले भलाइको आशा गरें, तब खराबी आयो। जब मैले ज्योतिको आशा गरें, त्‍यसको साटो अन्धकार आयो।
  19. अय्यूब 33:28परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ। मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ।'
  20. अय्यूब 33:30उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस्।
  21. अय्यूब 38:15दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ। तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ।
  22. अय्यूब 38:19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?
  23. अय्यूब 38:20ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस्?
  24. भजनसंग्रह 4:6धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस्।
  25. भजनसंग्रह 13:3हे परमप्रभु मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्। मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्‍नेछु।
  26. भजनसंग्रह 27:1परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ। म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ। म कोसँग त्रसित हुनु?
  27. भजनसंग्रह 36:9किनकि तपाईंसँग जीवनको मूल छ। तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍नेछौं।
  28. भजनसंग्रह 119:130तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ। यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ।
  29. भजनसंग्रह 136:7उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ।
  30. हितोपदेश 6:23किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन्। निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन्।
  31. हितोपदेश 15:30आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो।
  32. हितोपदेश 16:15राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो।
  33. हितोपदेश 23:5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ।
  34. उपदेशक 2:13जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ।
  35. उपदेशक 12:2सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर्।
  36. यशैया 5:20धिक्‍कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन्। जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन्। अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन्।
  37. यशैया 9:2अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्‍योति देखेका छन्। मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ।
  38. यशैया 30:26चन्द्रमाको ज्योति सूर्यको ज्योतिजस्तै हुनेछ र सूर्यको ज्योति सात दिनको सूर्यको ज्योतिजस्तै सात गुणा बढी चहकिलो हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ।
  39. यशैया 42:6“म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु। म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,
  40. यशैया 45:7म नै ज्योति बनाउँछु र अन्धकारको सृष्‍टि गर्छु। म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु। यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ।
  41. यशैया 49:6अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो। म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस्।”
  42. यशैया 51:4“ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ। अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन। किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु।
  43. यशैया 53:11उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ। मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ। उसले तिनीहरूको अधर्म बोक्‍नेछ।
  44. यर्मिया 4:23मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो। किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन।
  45. यर्मिया 13:16परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ। किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ।
  46. इजकिएल 32:8आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो।
  47. दानिएल 2:27दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन्।
  48. दानिएल 4:7त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए। मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन्।
  49. दानिएल 5:7मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए। बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ। त्यसलाई यस राज्यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ।”
  50. दानिएल 5:11हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो। महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो।

पहिलो 50 देखाइँदैछ। कम नतिजाका लागि आफ्नो खोज अझ स्पष्ट बनाउनुहोस्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।