सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 9

यो अध्याय यसमा पर्छ: Oordeel over Jeruzalem

1तब उहाँले ठुलो सोरमा कराएर यसो भन्‍नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्‍ना हातमा नष्‍ट गर्ने हतियार लिएर सहरमा आऊन्।” 2तब हेर, छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा हत्‍या गर्ने हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो ढोकाबाट आए। तिनीहरूका माझमा सूती कपडा लगाएका र कलम भिरेका एक जना मानिस थिए। यसरी तिनीहरू भित्र गए र काँसाको वेदीको छेउमा खडा भए। 3तब इस्राएलका परमेश्‍वरको महिमाचाहिं करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो। 4परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा।” 5मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार। तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड, 6वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू। ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ। मेरो पवित्रस्‍थानदेखि नै सुरु गर।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे। 7उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर। जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे। 8जब तिनीहरूले त्‍यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्‍टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?” 9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ। देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न'। 10यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्‌नेछैनँ। बरु म ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु।” 11हेर, त्‍यो सूती कपडा लगाएको र कम्‍मरमा कलम भिरेको मानिस आऐ। तिनले यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।