सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 3

यो अध्याय यसमा पर्छ: Roeping en visioen

1उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्‍यो खा। यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन्।” 2यसैले मैले आफ्‍नो मुख खोलें, र उहाँले त्‍यो मुट्ठो मलाई खुवाउनुभयो। 3उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्‍यो मुट्ठो खा र यसले तेरो पेट भर।” यसैले मैले त्‍यो खाएँ, र त्‍यो मेरो मुखमा महझैं गुलियो थियो। 4तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्‌। 5किनकि तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्‍ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ— 6अनौठो बोली र कठिन भाषा बोल्‍ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैंले बुझ्‍दैनस्‌। मैले तँलाई त्‍यस्‍ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्‍चय नै तेरा कुरा सुन्‍नेथिए। 7तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍ने इच्‍छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्‍न इच्‍छा गर्दैनन्। यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्‌। 8हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्‍तै हठी र तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्‍याएको छु। 9मैले तेरो निधारलाई दर्शनढुङ्गाभन्‍दा कडा एउटा हिराजस्‍तै पारेको छु। तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो।” 10अनि उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा — ती आफ्‍नो मनमा राख् र ती आफ्ना कानले सुन्। 11त्‍यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन्। तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ'।” 12तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले आफ्‍नो पछिल्‍तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्‍थानमा धन्‍यको होस्!” 13त्‍यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्‍केको र तिनीहरूसँग भएका ती पाङ्‌ग्राहरूका आवाज थियो, र एउटा ठुलो भुकम्पको आवाज थियो। 14आत्‍माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्‍नो आत्‍माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो। 15तब म कबार नहरको नजिक बस्‍ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्‍म तिनीहरूसँग आश्‍चर्यले व्याकुल भएर म बसें। 16तब सात दिनको अन्‍त्‍यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 17“ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्‍याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे। 18जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्‌' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌—भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु। 19तर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो दुष्‍ट कामहरूदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले चाहिं आफ्‍नो प्राण बचाएको हुनेछस्‌। 20धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ। तैंले त्‍यसलाई चेताउनी नदिएको हुनाले त्‍यो आफ्‍नै पापमा मर्नेछ, र त्‍यसले गरेका धर्मिक कामहरूको सम्‍झना म राख्‍नेछैन, तर त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु। 21तर त्‍यस धर्मी मानिसलाई पाप नगर्‌ भनी तैंले चेताउनी दिइस्‌ ताकि त्‍यसले पाप गरेन भने, उसले चेतावनी पाएको कारणले त्‍यो निश्‍चय नै बाँच्‍नेछ। अनि तैंले आफ्‍नो प्राण बचाएको हुनेछस्‌।” 22यसरी त्‍यहाँ परमप्रभुको हात ममाथि रह्‍यो र उहाँले मलाई भन्‍नुभयो, “उठ्, मैदानमा जा, र त्‍यहाँ म तँसित बोल्‍नेछु।” 23म उठें र बाहिर मैदानमा गएँ, र कबार नहरको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि थियो। यसैले म घोप्‍टो परें। 24आत्‍मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्‍याउनुभयो; र उहाँले मसित बोल्‍नुभयो, र मलाई भन्‍नुभयो, “जा, र आफ्‍नो घरभित्र आफूलाई थुन्, 25किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस्। 26तेरो जिब्रो म तेरो तालुमा टाँसिदिनेछु, यसरी तँ गूँगो हुनेछस्, र तैंले तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस्, किनकि तिनीहरू विद्रोही घरानाका हुन्‌। 27तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, यसरी तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।' सुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछ। नसुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछैन, किनकि तिनीहरू विद्रोही घरानाका हुन्‌।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।