सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 21

यो अध्याय यसमा पर्छ: Oordeel over Jeruzalem

1तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः 2“ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्‍थानहरूका विरुद्धमा बोल्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्। 3इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर्, म तेरो विरुद्धमा छु। म आफ्‍नो तरवार त्‍यसको म्‍यानबाट थुत्‍नेछु र तेरा धर्मी मानिस र दुष्‍ट मानिस दुवैलाई काट्नेछु। 4धर्मी र दुष्‍ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्‍म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ। 5तब सबै प्राणीले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्‍यानबाट झिकेको छु। त्‍यो फेरि म्‍यानमा हालिनेछैन'। 6तेरो बारेमा, ए मानिसको छोरो, तेरो पटुका चुडिंदा सुस्‍केरा हाल्‌। तीतो मन लिएर तिनीहरूले देख्‍ने गरी सुस्‍केरा हाल्‌। 7तब तिनीहरूले तँलाई सोध्‍नेछन्, ‘के कारणले तिमी सुस्‍केरा हाल्‍दैछौ?' अनि तैंले यसो भन्‍नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ। हरेकको आत्‍मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्‍तै कमजोर हुनेछ। हेर, त्‍यो आउँदैछ र त्‍यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो'।” 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 9“ए मानिसको छोरो, अगमवाणी बोल् र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः “भन्: एउटा तरवार, एउटा तरवार! त्‍यो धारिलो र चम्‍किलो हुनेछ। 10धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ। बिजुलीझैं चम्‍कनलाई त्‍यसलाई टल्‍काइनेछ। के हामी मेरो छोराको राजदण्‍डमा आनन्‍दित हुनुपर्छ र? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ। 11यसैले त्यो तरवारलाई टल्‍काउन दिइनेछ र तब हातले समाइनेछ। त्यो तरवार धारिलो बनाइएको छ र त्‍यो टल्‍काइएको छ र मार्ने व्‍यक्‍तिको हातमा त्‍यो दिइएको छ।” 12ए मानिसको छोरो, गुहार माग् र विलाप गर्। किनकि त्‍यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको छ। त्‍यो इस्राएलका सबै अगुवाको विरुद्धमा छ। तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन्। यसकारण आफ्नो तिग्रा ठटा। 13किनकि जाँच आउनेछ, तर यहूदाको राजदण्‍ड रहेन भने नि?— यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 14अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्‍ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्‍ट पनि आक्रमण गर्नेछ। एक-एक जनालाई मार्ने तरवार। यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्‍नलाई हो। 15तिनीहरूका हृदयहरू गलाउन र तिनीहरूका ढल्नेहरूको संख्या बढाउन, तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु। बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो बनाइएको छ, मार्नलाई त्‍यो समातिएको छ। 16ए तरवार, दाहिनेतिर हान्। र देब्रेतिर प्रहार गर्। तेरो धार जता फर्काइन्‍छ त्‍यतै जा। 17किन म पनि आफ्‍ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्‍त पार्नेछु। म, परमप्रभुले यो घोषणा गर्छु।” 18परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो, 19“ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज्। ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ। 20अम्‍मोनीहरूको सहर रब्‍बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे। अर्कोमा तिनै फौजलाई यहूदामा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे। 21किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ। त्‍यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्‍लाह लिनेछ, र त्‍यसले कलेजो जाँच्‍नेछ। 22यसको विरुद्धमा भत्‍काउने मूढा राख्‍नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्‍काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्‍यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ। 23युद्धको निम्‍ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्‍यो बेकारको जोखना हेरेजस्‍तो देखिनेछ। तर राजाले तिनीहरूलाई घेरा हल्‍नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ। 24यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले आफ्‍ना सबै पाप कामहरू देखिने गरी आफ्ना अपराधलाई प्रकट गरेर तिमीहरूका दोष मलाई सम्‍झना गराएका हुनाले— तिमीहरूले यसो गरेका हुनाले, तिमीहरू हातले समातिनेछौ। 25ए इस्राएल अपवित्र र दुष्‍ट शासक, जसको दण्‍डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ, 26परमप्रभु परमेश्‍वर तँलाई यसो भन्‍नुहुन्‍छः फेटा हटा र मुकुट उतार्। कुराहरू फेरि त्यस्तै हुनेछैनन्। खसालिएको व्‍यक्‍तिलाई उठाइनेछ, र उच्‍च सम्‍झने व्‍यक्‍तिलाई खसालिनेछ। 27भग्‍नावशेष! भग्‍नावशेष! त्‍यसलाई म भग्‍नावशेष बनाउनेछु। न्याय गर्न नियुक्त व्‍यक्‍ति नआएसम्‍म त्‍यो फेरि पुनर्निर्माण गरिनेछैन। 28यसैले, ए मानिसको छोरो, तँ अगमवाणी बोल् र यसो भन्, 'अम्‍मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः एउटा तरवार, एउटा तरवार तरवार थुतिएको छ। नष्‍ट गर्नलाई त्‍यसमा धार लगाइएको छ। त्‍यसैले त्‍यो बिजुलीझैं हुनेछ! 29अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्‍टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ। 30त्‍यो तरवारलाई त्‍यसको म्‍यानमा हाल्‌। तँ सृष्‍ट गरिएको ठाउँमा, तेरा सुरुको देशमा म तेरो इन्‍साफ गर्नेछु। 31म मेरो क्रोध तँमाथि खन्‍याउनेछु! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु। 32तँ आगोको लागि दाउरा हुनेछस्‌। तेरो रगत देशको माझमा बग्‍नेछ। तेरो सम्‍झना फेरि कहिल्‍यै हुनेछैन, किनकि म परमप्रभुले नै यो घोषणा गरेको छु'।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।