सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 27

यो अध्याय यसमा पर्छ: Over de volken

1फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2“अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर्‌। 3र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्‍ने मानिसहरूमा व्‍यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु।' 4तेरा सिमानाहरू समुद्रको बिचमा छन्। तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्‍दर बनाए। 5तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्‍लाहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु ल्‍याए। 6तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्‍याएका फलाँटबाट बनाए। साइप्रसका सल्‍लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाडको जलप लगाए। 7तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो। त्‍यसैले तेरो झन्‍डाको काम गर्‍यो। एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्‍ति प्रयोग भए। 8सीदोन र अर्वादमा बस्‍ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए। टुरोसका ज्ञानीहरू तँसँग थिए। तिनीहरू तेरा नावीहरू थिए। 9गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए। समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे। 10फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए। तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगे। तिनले तेरो गौरव दर्शाए। 11तेरा फौजका अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए। गमादका मानिसहरू तेरा धरहरामा थिए। तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे। तिनीहरूले तेरो सुन्‍दरता पूर्ण बनाए। 12तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्‍ता र सीसाजस्ता सामानका प्रशस्‍त धनसम्‍पत्ति भएको कारणले तर्शीश तेरो व्‍यापारको साझेदार थियो। तिनीहरूले तेरा मालसामान किने र बेचे। 13यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्‍यापार गरे। तिनीहरूले तेरा सामानका कारोबार गरे। 14बेथ-तोगर्माका मानिसहरूले तेरो व्‍यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्‍चरहरू दिए। 15तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्‍यापारीहरू थिए। व्यापारका सामानहरू तेरा हातमा थिए। तिनीहरूले तँलाई सीङ्, हस्‍ती हाड र अब्‍नुसको काठ दाम रूपमा दिए। 16तेरा धेरै उत्‍पादनमा अरामले व्‍यापार गर्‍यो। तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्‍त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्‍यापारका सामानको रूपमा उपलव्‍ध गराए। 17यहूदा र इस्राएलको देशले तँसित व्‍यापार गर्दैथिए। तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्‍ध गराए। 18तेरा सबै उत्‍पादन, धेरै धन-सम्‍पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्‍कस थियो। 19इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए। यी तेरा व्यापारका माल बने। 20ददानले तँसित घोडाका जीनपोशको व्‍यापार गर्‍यो। 21अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे। तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए। 22हरेक असल मसला र सबै किसिमका बहुमूल्‍य रत्‍नहरू बेच्‍न शेबा र रामाहका व्‍यापारीहरू तँकहाँ आए। व्‍यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए। 23शेबा, अश्‍शूर र किल्‍मदसँगै हारान, कन्‍नेह र अदनका व्‍यापारीहरूले तँसित व्‍यापार गरे। 24नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू,र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्‍नेहरू यिनीहरू नै थिए। 25तर्शीशका जहाजहरूले तेरा व्‍यापारका सामानहरू ढुवानी गर्थे। समुद्रका बिचमा व्‍यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस्। 26तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन्। पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको छ। 27तेरा धन-सम्‍पत्ति, सामान र व्‍यापारका माल। तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू। तेरा व्‍यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्‍नेछन्‌। 28समुद्रका सहरहरू तेरा नावीहरूका चित्‍कारको आवाजले थरथर हुनेछन्‌। 29दाबिलो खियाउनेहरू सबै जना आफ्‍ना जहाजबाट तल आउनेछन्। माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन्‌। 30तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्‍वरले विलाप गर्नेछन्‌। तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन्। तिनीहरू खरानीमा लडीबडी गर्नेछन्‌। 31तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌। 32तेरो निम्‍ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन्। टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्‍त पारिएको छ। 33जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे, तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे। तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌। 34तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे। 35किनारका सबै बासिन्‍दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए। तिनीहरूका अनुहारहरू कामे। 36मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्‌। तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।