सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 10

यो अध्याय यसमा पर्छ: Oordeel over Jeruzalem

1जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें। तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो। 2तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्‍नुभयो र यसो भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो लिएर आफ्‍ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे।” तब मैले हेर्दाहेर्दै ती मानिस गए। 3ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्‍दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो। 4परमप्रभुको महिमा करूबहरूबाट मास्‍तिर उठ्यो र मन्‍दिरको सँघारमाथि गयो। यसले मन्‍दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो। 5करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो, जुन सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो। 6यस्‍तो भयो, परमेश्‍वरले त्‍यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्‌ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्‌ग्राको छेउमा खडा भए। 7करूबहरूका बिचमा भएको त्‍यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्‍नो हात छिराए, र त्‍यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्‍यो राखिदिए। ती मानिसले त्‍यो लिए र फर्केर बाहिर गए। 8ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें। 9अनि मैले हेरें, र देखें। करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए— प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे। 10ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे। 11ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे, तिनीहरू जाँदा फर्कंदैन थिए। तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्‍यसैतिर नफर्की जान्‍थे। 12तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए। 13मैले सुन्‍दा, ती पाङ्‌ग्राहरूलाई “घुम्‍ने पाङ्‌ग्रा” भनियो। 14ती हरेकका चार वटा अनुहार थिए। पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्‍तै थियो। 15तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात्‌ जीवित प्राणीहरू उठे। 16जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्‍नलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू फर्कंदैन थिए। तिनीहरूकै छेउमा ती रहन्थे। 17जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे, र जब ती माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए। 18तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर गयो र ती करूबहरूका माथि अडियो। 19ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्‌ग्राहरूले पनि तिनीहरूका पछिपछि त्‍यसै गरे। परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्‍वरको महिमा माथिबाट तिनीहरूमा आयो। 20कबार नहरको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन्‌ भनी मैले थाहा पाएँ। 21ती प्रत्‍येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे, 22र तिनीहरूका अनुहारहरूका स्‍वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्‍तै थिए, र तीमध्‍ये हरेक सिधै अगाडि हिंड्‌दथे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।