सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 2

यो अध्याय यसमा पर्छ: Roeping en visioen

1उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, आफ्‍ना गोडामा खडा हो। तब म तँसित कुरा गर्नेछु।” 2तब उहाँ मसित बोल्‍नुहुँदा, तब मभित्र आत्‍मा प्रवेश गर्नुभयो र मलाई आफ्‍ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनें। 3उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्‍मै मेरो विरुद्धमा पाप गरेका छन्। 4तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन्। तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।' 5तिनीहरूले सुन्‍नेछन् वा सुन्‍नेछैनन्। तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्‍ना बिचमा एक जना अगमवक्ता छन्‌ भनी जान्‍नेछन्‌। 6ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा। तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌। 7तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्‍नेछस्, किनकि तिनीहरू ज्‍यादै विद्रोही छन्। 8तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन्। त्‍यो विद्रोही घरानाझैं तँ विद्रोही नहो। तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!” 9तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो। त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो। 10उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो। त्‍यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्‍यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।