सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 31

यो अध्याय यसमा पर्छ: Over de volken

1एघारौं वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2“ए मानिसको छोरा, मिश्रदेशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्‌तामा, तँ कोजस्तो छस्? 3हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए। 4धेरै पानीले त्यसलाई अग्लो बनायो। गहिरो पानीले त्यो विशाल भयो। त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए। 5मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए। पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए। 6आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए। धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे। 7त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए। 8परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन्। कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो। परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन। 9मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे। 10यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो। 11त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु। मैले त्यसलाई बाहिर फालेको छु। 12सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए। पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे। तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए। 13आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए। 14प्रशस्त पानीको छेउको त्यो अग्‍लो रूखभन्‍दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्‍नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो। मृत्‍युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन्। 15परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो देवदारु चिहानमा गएको दिन, मैले पृथ्वीमा शोक ल्याएँ। मैले त्यसमाथि गहिरो पानीले ढाकें, र मैले समुद्रको पानी थुनें। मैले विशाल पानीलाई रोकें, र त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ। यसैले त्यसको कारणले मैदानका सबै रूखले विलाप गरे। 16मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ। यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ। यी लेबनानका चुनिएका र उत्कृष्‍ट रूखहरू थिए। ती प्रशस्त पानी पिएका रूखहरू थिए। 17किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए। यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए। 18अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस्। तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस्।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।