सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

इजकिएल 41

यो अध्याय यसमा पर्छ: De nieuwe tempel

1त्‍यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे। ती दुवैपट्टि छ हात चौडा थिए। 2ढोकाको चौडाइ दश हात थियो। हरेक तर्फको भित्ता पाँच हात थियो। तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे। त्यो चालिस हात लामो र बिस हात चौडा थियो। 3त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे। ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो। दुवैतिरका भित्ताका चौडाइ सात हात थियो। 4तब तिनले कोठाको लमाइ बिस हात नापे। मन्दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो। अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो।” 5त्‍यसपछि ती मानिसले मन्‍दिरको भित्ता नापे। त्यो छ हात बाक्लो थियो। मन्‍दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए। 6छेउका कोठाहरू तिन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तिस कोठा थिए। छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्‍दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्‍दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन। 7ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्यति नै फराकिलो भए, र त्यो मन्‍दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्‍दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्‍याङ थियो। 8अनि मैले मन्‍दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए। त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो। 9छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो। पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो। 10यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए। पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो। 11भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए। एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा। यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो। 12पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो। त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो। 13अनि ती मानिसले पवित्र-स्थानको नाप लिए। त्यसको लमाइ एक सय हात थियो। बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो। 14पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो। 15अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्‍चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए। पवित्र-स्थान र दलान, 16भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तिनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए। 17भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो। 18त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्‍जित थिए। हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः 19एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो। ती मन्‍दिरको सबैतिर खोपिएका थिए। 20जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्‍दिरको बाहिरी भित्तामा खोपिएका थिए। 21पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए। हेर्दा तिनीहरूको बनावट, 22पवित्र-स्थानको अगाडिको काठको वेदीजस्‍तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो। त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए। अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ।” 23पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए। 24यी ढोकाहरूमा दुईवटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा। 25पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्‍तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो। 26दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए। यी मन्‍दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।