सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 48

यो अध्याय यसमा पर्छ: Uitspraken over de volken

1सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ। कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ। त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन्। 2फेरि मोआबको आदर गरिनेछैन। हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको छ। तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्यसलाई नाश पारौं। बौलाहाहरू पनि नष्‍ट हुनेछन्। तरवाले तँलाई खेद्‍नेछ।' 3सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ। 4मोआब नष्‍ट पारिएको छ। त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ। 5तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ। 6भाग, आ-आफ्ना ज्यान बचाओ, र उजाड-स्थानमा पोथ्राजस्तै बन। 7किनकि तिमीहरूका अभ्यास र धनमा भएको तिमीहरूको भरोसाको कारण तिमीहरू समातिनेछौ। तब कमोश त्यसका पुजारीहरू र अगुवाहरूसँगै निर्वासनमा लगिनेछ। 8किनकि विनाशक हरेक सहरमा आउनेछ। कुनै पनि सहर उम्कनेछैन। त्यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको छ। 9मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ। त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन। 10परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस्। रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस्। 11आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको छ। त्यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्याइएको दाखमद्यजस्तो हो। त्यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन। त्यसकारण त्यसको स्वाद सदा स्वादिष्‍ट हुन्छ। त्यसको बास्‍ना नबदी रहन्‍छ। 12त्यसैले हेर, यो परमप्रभु घोषणा हो, यस्ता दिनहरू आउँदैछन् जति बेला म त्यसलाई ती मानिसहरूकहाँ पठाउनेछु, जसले त्यसमाथि भाँडा घोप्ट्याउनेछन्, र त्यसका सबै घैँटा रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्। 13तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ। 14तँ कसरी यसो भन्‍न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’? 15मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन्। किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन्। यो महाराजको घोषणा हो। सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो। 16मोआबको विनाश चाँडै आउँनेछ। विपत्ति झट्टै हतारिंदैछ। 17मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर, र यसको ख्याति जान्‍नेहरू सबै यसो भन्दै कराओ, 'धिक्‍कार शक्तिशाली लट्ठीलाई! त्यो गौरवको लौरो भाँचिएको छ।' 18ए दीबोनकी छोरी हो, तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस्। किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दैछ, जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ। 19ए अरोएरमा बस्‍ने मानिसहरू हो, बाटोमा खडा होओ र हेर। भागिरहेका र उम्किरहेकाहरूला सोध, 'के भएको छ?' 20मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ। रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ। 21दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि, 22दीबोन, नेबो र बेथ-दिब्लातैममाथि, 23किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि, 24किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरमाथि आएको छ। 25मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ। यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो। 26त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो। मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस्। 27किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र? के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस्? 28ए मोआबका बासिन्दाहरू हो, सहरहरूलाई छोड र चट्टानहरूमा छाउनी हाल। चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुरजस्तो होओ। 29हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं। 30यो परमप्रभुको घोषणा हो, त्यसको अटेरी बोली म आफैंलाई थाहा छ, जुन त्यसका कामहरूजस्तै व्यर्थको छ। 31त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु। म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु। 32ए सिब्माका दाखको बोट हो, याजेरको लागि रोएको भन्दा म तेरो लागि बढी रुनेछु। तेरा हाँगाहरू नुनको समुद्र पार गरी याजेरसम्मे पुगे। विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल र तेरो दाखमद्यलाई आक्रमण गरेका छन्। 33मोआब देश र त्‍यसका फल फलाउने रुखहरूबाट उत्सव र रमाहट खोसिएको छ। तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु। तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन्। कुनै पनि स्‍वर आनन्दको स्‍वर हुनेछैन। 34तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ। 35किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने र धुप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो। 36त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ। कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ। तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन्। 37किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ। हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ। 38मोआबको हरेक समतल कौसी र मोआबका चोकहरूमा जताततै शोक छ। किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैं नाश पारेको छु, यो परमप्रभुको घोषणा हो। 39त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ। त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ।” 40किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ। 41किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन्। किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्‍त्रीहरूका हृदयझैं हुनेछन्। 42त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो। 43ए मोआबका बासिन्दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदैछन्, यो परमप्रभुको घोषणा हो। 44त्रासको कारणले भाग्‍ने जो कोही पनि खाडलमा खस्‍नेछ, र खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ, किनकि म तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु, यो परमप्रभुको घोषणा हो। 45भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ। यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ। 46ए मोआब, तँलाई धिक्‍कार छ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन्। 47तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिने छु, यो परमप्रभुको घोषणा हो। मोआबको इन्साफ यहीँ समाप्‍त हुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।