सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 39

यो अध्याय यसमा पर्छ: De val van Jeruzalem

1यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे। 2सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो। 3तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्‍च अधिकारी सर्सेचिम आएर मध्य ढोकामा बसे। नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्‍ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए। 4जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे। तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे। राजा अराबा जाने बाटोतिर लागे। 5तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए। तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए। 6रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे। तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे। 7तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे। 8अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए। तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए। 9राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे। कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए। 10तर अङ्गरक्षकका कप्‍तापन नबूजरदानले केही नभएका सबैभन्दा गरिब मानिसहरूलाई यहूदा देशमा छाडे। त्यही दिन तिनले तिनीहरूलाई दाखाबारी र खेतहरू दिए। 11बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए, 12“तिनलाई लेजाऊ र तिनको राम्रो हेरचाह गर। तिनलाई कुनै हानि नगर। त्यसले तिमीलाई भनेका हर कुरा गर्नू।” 13त्यसैले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदान, उच्‍च नपुंसक नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्‍च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए। 14तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए। यसरी यर्मिया मानिसहरूकै बिचमा बसे। 15यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो, 16“कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु। त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन्। 17तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ। 18किनकि म निश्‍चय नै तँलाई छुटकारा दिनेछु। तँ तरवारले ढालिनेछैनस्। तैंले ममाथि भरोसा गरेको हुनाले तेरो जीवन जोगिनेछ, यो परमप्रभु घोषणा थियो'।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।