सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 46

यो अध्याय यसमा पर्छ: Uitspraken over de volken

1जाति-जातिहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो। 2मिश्र देशको विषयमाः “यो यूफ्रेटिस नदीको तीरमा अवस्थित कर्कमीशमा भएका मिश्रदेशका राजा फारो नेकोका सेनाको विषयमा हो। यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यही सेनालाई बेबिलोनका राजा नबूकदनेसरले पराजित गरेका थिए। 3साना र ठुला ढालहरू तयार पार, अनि युद्ध गर्नलाई अगाडि बढ। 4घोडाहरूमा जीन-लगाम कस। घोडाहरूमा सवार होओ, र टोप लगाएर आफ्नो ठाउँमा खडा होओ। भालाहरू टल्काओ, र आ-आफ्नो कवच लगाओ। 5म यहाँ के देख्दैछु? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन्। सुरक्षाको लागि तिनीहरूको भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन्। त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो— 6तीव्र गतिमा कुद्‍नेहरू भाग्‍न सक्दैनन्, र सिपाहीहरू उम्कन सक्दैनन्। तिनीहरू उत्तरमा ठक्‍कर खान्छन्, र यूफ्रेटिस नदीको छेउमा ढल्छन्। 7नील नदीझैं बढेर आउने यो को हो, जसको पानी नदीको झैं उर्लन्छ र झर्छ? 8मिश्रदेश नील नदीझैं बढेर आउँछ। त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ। मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु। सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु।' 9ए घोडाहरू हो, माथि जाओ। ए रथहरू हो, रिसाओ। सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्‍ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्‍न निपुण मानिसहरू हो, अगि बढ।’ 10त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ, र उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ। तरवारले स्वाहा पार्नेछ, र त्यो सन्तुष्‍ट हुनेछ। यसले तिनीहरूको रगत पिउनेछ। किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ। 11ए मिश्रदेशका कन्या-छोरी हो, गिलादमा उक्लेर जाओ, र औषधी प्राप्‍त गर। तैंले धेरै औषधी लगाए तापनि त्यो व्यर्थ हुन्छ। तेरो लागि कुनै उपचार छैन। 12जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन्। पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन्। तिनीहरू दुवै एकसाथ ढल्‍छन्।” 13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः 14“मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर्। 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ।' 15तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन्? तिनीहरू खडा हुने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ। 16उहाँले ठक्‍कर खानेहरूको सङ्ख्या बढाउनुहुन्‍छ। हरेक सिपाही अर्कोमा ढल्‍नेछ। तिनीहरू भन्दैछन्, 'खडा होऊ। हामी घर जाऔं। हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं। हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं।' 17तिनीहरूले त्यहाँ घोषणा गरे, 'मिश्रदेशका राजा फारो हल्ला गर्ने सोर मात्र हो, मौका पाएको व्‍यक्‍ति चिप्‍लेको छ।' 18जस्‍तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्‍छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ। 19ए मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध। किनकि मेम्फिस उजाड हुनेछ। यो भग्‍नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्‍नेछैन। 20मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ। त्‍यो आउँदैछ। 21त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्‍नेछन्। तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ। 22सर्पले झैं मिश्रदेशले आवाज निकाल्‍नेछ र घिस्रेर भाग्‍नेछ, किनकि त्यसका शत्रुहरू त्यसको विरुद्धमा अगि बढ्दैछन्। दाउरा काट्नेहरूले बन्‍चरो लिएर हिंडेझैं तिनीहरू त्यसतर्फ जाँदैछन्। 23जङ्गल घना भए तापनि तिनीहरूले त्यसलाई काट्नेछन्, यो परमप्रभुको घोषणा हो। किनकि शत्रुहरू गन्‍नै नसकिने गरी सलहहरूभन्दा धेरै हुनेछन्। 24मिश्रदेशकी छोरी लाजमा पारिनेछे। त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ।” 25सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु। 26मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु। त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो। 27तर ए मेरो दास याकूब, तँ नडरा। ए इस्राएल, तँ हताश नहो, किनकि हेर्, मैले तँलाई धेरै टाढाबाट र तेरा सन्तानलाई तिनीहरूको निर्वासनको देशबाट फर्काएर ल्याउनै लागेको छु। तब याकूब फर्कनेछ, शान्ति पाउनेछ र सुरक्षित हुनेछ, र उसलाई आतङ्कित पार्ने कोही हुनेछैन। 28ए मेरो दास याकूब, तँ नडरा, यो परमप्रभुको घोषणा हो— किनभने म तँसित छु, यसैले मैले तँलाई जहाँजहाँ छरपष्‍ट पारें त्‍यहाँका सबै जातिहरूको विरुद्धमा म पूर्ण विनाश ल्याउनेछु। तर म तँलाई भने पूर्ण रूपमा नष्‍ट गर्नेछैनँ। तापनि म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु, र म तँलाई निश्‍चय पनि दण्डविना छाड्नेछैनँ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।