सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यर्मिया 10

यो अध्याय यसमा पर्छ: Oordeel over Juda en Jeruzalem

1हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन। 2परमप्रभु यसो भन्‍नुहुन्छ, “जाति-जातिहरूका चाल नसिक, र आकाशका चिन्हहरूदेखि भयभीत नहोओ किनकि जातिहरू यसबाट भयभीत हुन्छन्। 3किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन्। तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ। 4त्यसपछि तिनीहरूले सुन र चाँदीले त्‍यसलाई सजाउँछन्। त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन र किल्लाले ठोक्दछन्। 5तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतलाजस्तो हो, किनकि तिनीहरूले पनि केही भन्‍न सक्दैनन्, र तिनीहरू हिंड्न नसक्‍ने भएका हुनाले तिनलाई बोक्‍नुपर्छ। तिनीहरूदेखि नडराओ, किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन्, न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्।” 6हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन। तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ। 7हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन। 8तिनीहरू सबै उस्तै छन्। तिनीहरू बुद्धिहीन र मूर्ख छन्। तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन। 9तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्‍त्रहरू निलो र बैजनी कपडा हुन्। तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए। 10तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ। उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ। उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन्। 11तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्‍ट हुनेछन्। 12तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो। 13उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ। उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ। 14हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ। धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्। तिनमा जीवन छैन। 15ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन्। तिनीहरूको दण्डको समयमा तिनीहरू नष्‍ट हुनेछन्। 16तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ। इस्राएल उहाँको उत्तराधिकारको कुल हो। सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो। 17ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड। 18किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्‍न लागेको छु। म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन्।” 19मलाई धिक्‍कार छ! मेरा हड्‍डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ। त्यसैले मैले भनें, “निश्‍चय नै यो वेदना हो, तर मैले त्‍यो सहनैपर्छ।” 20मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन्। तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्‍यसैले तिनीहरू अब छैनन्। मेरो पाल टाँग्‍न वा मेरा पर्दाहरू उठाउन त्‍यहाँ अब फेरि कोही छैन। 21किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन्। त्यसैले तिनीहरूको उन्‍नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन्। 22समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ।” 23हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन। हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन। 24हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ। 25तपाईंले नचिन्‍ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्। किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्‍म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।