सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 3

यो अध्याय यसमा पर्छ: Klaar voor vertrek

1यो परमप्रभु सीनै पर्वतमाथि मोशासँग बोल्नुहुँदा हारून र मोशाका सन्तानहरूको इतिहास हो। 2हारूनका छोराका नाउँहरू यिनै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार थिए। 3हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए। 4तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे। नादाब र अबीहूका कुनै छोराछोरी थिएन। यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे। 5परमप्रभुले मोशालाई भन्‍नुभयो, 6“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर्। 7तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ। तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ। 8तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ र तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ। 9तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ। इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन्। 10तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ।” 11परमप्रभुले मोशालाई भन्‍नुभयो, 12“हेर्, मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट लिएको छु। मैले यो इस्राएलका मानिसहरूका जेठा छोराहरूको सट्टा लिएको छु। लेवीहरू मेरा हुन्। 13पहिले जन्मेका सबै मेरा हुन्। मैले मिश्र देशमा पहिले जन्मेकाहरूलाई आक्रमण गरेको दिन नै इस्राएलका मानिस र पशुहरू दुवैको पहिले जन्मेका सबैलाई मेरो निम्ति अलग गरेँ। तिनीहरू मेरा हुन्। म परमप्रभु हुँ।” 14परमप्रभुले सीनैको मरुभूमिमा मोशालाई भन्‍नुभयो, 15“लेवीका हरेक कुल र परिवार-परिवारअनुसार गन्ती गर्। एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर्। 16मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे। 17लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए। 18गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए। 19कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए। 20मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए। कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन्। 21लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ। गेर्शोनीहरूका कुलहरू यिनै हुन्। 22एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए। 23गेर्शोनीहरूका कुलहरूले पवित्र वासस्थानको पश्‍चिमपट्टि छाउनी लगाउनू। 24लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ। 25गेर्शोनको परिवारले पवित्र वासस्थानलगायत भेट हुने पालको हेरचाह गर्नुपर्छ। तिनीहरूले पाल, यसको छत र भेट हुने पालको प्रवेश-द्वारको रूपमा प्रयोग गरिएको पर्दाको देखरेख गर्नुपर्छ। 26तिनीहरूले चोकका पर्दाहरू अनि पवित्र वासस्थान र वेदी वरिपरिका पर्दाहरूको देखरेख गर्नुपर्छ। तिनीहरूले भेट हुने पाल र यसमा भएका सबै थोकको देखरेख गर्नुपर्छ। 27यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल। यिनीहरू कहाती कुलका हुन्। 28परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए। 29कहातका कुलहरूले पवित्र वासस्थानको दक्षिणतिर छाउनी लगाउनू। 30उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ। 31तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ। 32पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ। तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ। 33मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल। यी कुलहरू मरारीबाट आएका हुन्। 34एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए। 35अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ। तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ। 36मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू, सबै सरसमान र तिनीहरूसँग सम्बन्धित सबै थोक, साथै 37चोकका वरिपरिका खामाहरू, आधारहरू, किलाहरू र सोरीहरूको देखरेख गर्नुपर्छ। 38मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ। तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन्। यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस्। 39परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले लेवीका कुल एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे। तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे। 40परमप्रभुले मोशालाई भन्‍नुभयो, “एक महिना र त्यसभन्दा माथिका इस्राएलका मानिसहरूका सबै पहिले जन्मेका पुरुषहरूको गन्ती गर्। तिनीहरूका नाउँको सूची बना। 41म परमप्रभु हुँ, तैँले मेरो निम्ति लेवीहरूलाई इस्राएलका मानिसहरूको पहिले जन्मेकाहरूको सट्टामा र इस्राएलका सन्तानहरूका गाईवस्तुहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई लिनुपर्छ।” 42परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे। 43तिनले एक महिना र त्यसभन्दा माथिका सबै जेठा छोराहरूको गन्ती गरे। 44तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो। फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो, 45“इस्राएलका मानिसहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूलाई ले र मानिसहरूका गाईवस्तुहरूका सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई ले। 46म परमप्रभु हुँ, लेवीहरू मेरा हुन्। लेवीहरूको सङ्ख्याभन्दा बढी भएका २७३ जना पहिले जन्मेकाहरूका हरेकको निम्ति तैँले पाँच-पाँच शेकेल लिनुपर्छ। 47तैँले तेरो मापदण्डको रूपमा पवित्र स्थानको शेकेल नै प्रयोग गर्नुपर्छ। एक शकेलको बिस गेरा हुन्छ। 48त्यो छुटकाराको मूल्य तैँले हारून र तिनका छोराहरूलाई दिनुपर्छ।” 49यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे। 50मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए। तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए। 51मोशाले त्यो छुटकाराको मूल्य हारून र तिनका छोराहरूलाई दिए। परमप्रभुले उहाँको वचनद्वारा आज्ञा गर्नुभएबमोजिम मोशाले सबै थोक गरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।