सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 2

यो अध्याय यसमा पर्छ: Klaar voor vertrek

1परमप्रभु फेरि पनि मोशा र हारूनलाई भन्‍नुभयो, 2“हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू। 3तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन्। भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन्। अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस्। 4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ। 5इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू। सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ। 6तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन्। 7जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू। हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ। 8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ। 9यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ। 10तिनीहरू अग्रस्थानमा हिँड्नेछन्। दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ। रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस्। 11तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ। 12शिमियोनले रूबेनपछि छाउनी लगाओस्। शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस्। 13तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ। 14त्यसपछि गादको कुल हुन्छ। गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस्। 15तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ। 16आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन्। तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन्। 17त्यसपछि सबै छाउनीका बिचमा लेवीहरूसँगै छाउनीबाट भेट हुने पाल जानुपर्छ। तिनीहरू छाउनीबाट गएबमोजिम नै छाउनीमा आउनुपर्छ। हरेक मानिस आफ्नो झन्डामुनि आफ्‍नै स्थानमा हुनुपर्छ। 18एफ्राइमको छाउनीका दलहरू आफ्‍नै झन्डामुनि हुन्छन्। एफ्राइमको मानिसहरूको अगुवा अम्मीहूदका छोरा एलीशामा होस्। 19तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ। 20तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ। मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस्। 21तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ। 22त्यपछि बेन्यामीनको कुल हुनेछ। बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस्। 23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ। 24एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ। तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन्। 25उत्तरमा दानको छाउनीको दल हुनेछ। दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस्। 26तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ। 27दानको छाउनीपछि आशेरको कुलका मानिसहरू हुनेछन्। आशेरको अगुवा ओक्रानको छोरा पगीएल होस्। 28तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ। त्यपछि नप्‍तालीको कुल हुनेछ। नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस्। 29तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन्। 30दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ। 31तिनीहरू छाउनीबाट तिनीहरूको झन्डामुनि अन्तिममा जानेछन्।” 32आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन्। आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन्।, 33तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन्। 34यो परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरिएको थियो। इस्राएलीका मानिसहरूले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा गरे। तिनीहरूले आ-आफ्नो झन्डाअनुसार छाउनी लगाए। तिनीहरू आ-आफ्ना पुर्खाहरूको परिवार-परिवारअनुसार आ-आफ्नो छाउनीबाट निस्कन्थे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।