सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 20

यो अध्याय यसमा पर्छ: Door de woestijn

1यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे। 2त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो। समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए। 3मानिसहरूले मोशा विरुद्ध गनगन गरे। तिनीहरूले भने, “हाम्रा सङ्गी इस्राएलीहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए राम्रो हुन्थ्यो। 4परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको? 5यो डरलाग्‍दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन।” 6यसैले मोशा र हारून समुदायको सामु गए। तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा गए र घोप्टो परे। त्यहाँ परमप्रभुको उज्‍ज्वल महिमा देखा पर्‍यो। 7परमप्रभुले मोशालाई भन्‍नुभयो, 8“लहुरो ले र समुदाय, तँ र तेरा दाजु हारूनलाई भेला गर्। तिनीहरूको नजरकै सामुन्‍ने चट्टानलाई भन् र पानी निकाल्न यसलाई आज्ञा दे। तैँले त्यो चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्ने छस् र तैँले यो तिनीहरूलाई र तिनीहरूका गाईवस्तुहरूलाई दिनू।” 9परमप्रभुले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले परमप्रभुको सामुबाट लहुरो लिए। 10अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे। मोशाले तिनीहरूलाई भने, “अब हे बागीहरू हो, सुन। के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ? 11अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो। समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए। 12परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “तिमीहरूले इस्राएलका मानिसहरूको नजरमा मलाई पवित्र जनको रूपमा आदर नगरेकाले वा मलाई भरोसा नगरेकाले तिमीहरूले यो समुदायलाई मैले तिनीहरूलाई दिन्छु भनेको भूमिमा ल्याउनेछैनौ।” 13यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो। 14मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्‍नुहुन्छ। 15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ। मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे। 16जब हामीले परमप्रभुलाई पुकार्‍यौँ, उहाँले हाम्रो आवाज सुन्‍नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो। हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ। 17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु। हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ। हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ।” 18तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ। तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु।” 19अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ। यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ। कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस्।” 20तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए। 21एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे। यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए। 22मानिसहरू कादेशबाट हिँडे। इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए। 23एदोमको सिमानामा पर्ने होर पर्वतमा परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, 24“हारून आफ्‍ना मानिसहरूकहाँ जानुपर्छ, किनभने मैले इस्राएललाई दिएको भूमिमा त्यो प्रवेश गर्ने छैन। यो तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो विरुद्ध विद्रोह गरेकाले गर्दा हो। 25हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले। 26हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे। हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ।” 27मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए। 28मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए। पर्वतको चुचुरोमाथि हारून मरे। अनि मोशा र एलाजार तल ओर्ले। 29जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।