सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 17

यो अध्याय यसमा पर्छ: Door de woestijn

1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले। हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख्। 3लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्‍नुपर्छ। आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ। 4तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्छ, जहाँ मैले तँलाई भेट्छु। 5मैले चुनेको मानिसको लहुरो टुसाउनेछ। म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ।” 6यसैले मोशाले मानिसहरूलाई भने। सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए। कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो। तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो। 7त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे। 8अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ। यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो! 9मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए। 10परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो गवाही-पाटीको सामु राख्। यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख्। यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन्।” 11मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। 12इस्राएलका मानिसहरूले मोशालाई भने, “यहाँ हामी मर्नेभयौँ! हामी सबै नष्‍ट हुनेभयौ! 13परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ। के हामी पनि मर्नुपर्छ?”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।