सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 1

यो अध्याय यसमा पर्छ: Klaar voor vertrek

1सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो। यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो। परमप्रभुले भन्‍नुभयो, 2“इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर्। तिनीहरूका नाउँअनुसार गन्। हरेक पुरुषको गणना गर्, 3जो बिस वर्ष वा त्यसभन्दा माथिका छन्। इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन्। तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ। 4हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ। 5हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ। तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको 6कुलबाट सुरीशद्दैको छोरो शलूमीएल। 7यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन; 8इस्साखारको कुलबाट सूआरको छोरो नतनेल; 9जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब; 10योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल; 11बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान; 12दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर; 13आशेरको कुलबाट ओक्रानको छोरो पगीएल; 14गातको कुलबाट दूएलको छोरो एल्यासाप; 15नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा।” 16मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए। तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे। तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए। 17नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र 18यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए। 19त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे। तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो। त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे। 20इस्राएलका जेठा छोरो रूबेनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 21रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए। 22शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 23शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए। 24गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 25गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए। 26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 27यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए। 28इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 29इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए। 30जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 31जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए। 32योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 33एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए। 34मनश्‍शेका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 35मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए। 36बेन्यामीनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 37बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए। 38दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 39दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए। 40आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 41आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए। 42नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए। 43नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए। 44मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे। 45यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो। 46तिनीहरू ६,०३,५५० पुरुष थिए। 47तर लेवीका सन्तानहरूको गन्ती 48गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो, 49“तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू। 50बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू। 51पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ। पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ। पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू। 52इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै टाँग्‍नू। 53तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस्। लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ। 54इस्राएलका मानिसहरूले यी सबै कुरा गरे। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।