सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 21

यो अध्याय यसमा पर्छ: Door de woestijn

1जब नेगेवमा बस्‍ने आरादका कनानी राजाले इस्राएल अटारीमको बाटो भएर यात्रा गरिरहेको थियो भन्‍ने सुने, तिनले इस्राएलसँग लडाइँ लडे र केहीलाई बन्दी बनाए। 2इस्राएलले परमप्रभुसँग भाकल गरेर भने, “यदि तपाईंले हामीलाई यी मानिसहरूमाथि वजय दिनुभयो भने, हामी तिनीहरूका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्ने छौँ।” 3परमप्रभुले इस्राएलको आवाज सुन्‍नुभयो र उहाँले कनानीहरूमाथि विजय दिनुभयो। 4तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे। त्यस ठाउँको नाउँ होर्मा राखियो। तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए। बाटोमा मानिसहरू अति निरुत्साहित भए। 5मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं।” 6परमप्रभुले मानिसहरू माझ विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे, र धेरै मानिसहरू मरे। 7मानिसहरू मोशाकहाँ आएर भने, “हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ। सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस्।” यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे। 8परमप्रभुले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बना र यसलाई खामामा झुण्ड्या। सर्पले डसेकाहरू ज-जसले यसलाई हेर्छन् तिनीहरू सबै बाँच्ने छन्।” 9यसैले मोशाले काँसाको एउटा सर्प बनाए र त्यसलाई खामामा झुण्ड्याए। जब सर्पले कसैलाई डस्थ्यो, त्यसले काँसाको सर्पमा हरेमा त्यो बाँच्थ्यो। 10त्यसपछि मानिसहरूले यात्रा गरे र ओबोतमा छाउनी लगाए। 11तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए। 12तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए। 13तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ। अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ। 14त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू, 15बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन्।” 16तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे। त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु।” 17त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो! यसको गीत गाओ, 18हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार।” 19अनि तिनीहरू मरुभूमिबाट मत्तानातिर यात्रा गरे। मत्तानाबाट तिनीहरूले नहलीएलतिर यात्रा गरे र नहलीएलबाट बमोततिर, 20र बमोतबाट मोआबको मैदानको बेसीँतिर यात्रा गरे। त्यहाँबाट नै पिसगा पर्वतको चुचुरोको फेदीमा मरुभूमी देखिन्छ। 21त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए, 22“हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस्। हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ। हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ। हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं।” 23तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन्। बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे। तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे। 24इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे। अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो। 25इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे। 26हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए। सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए। 27यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ। सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस्। 28हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो। 29हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस्। त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो। 30तर हामीले सीहोनलाई जितेका छौँ। हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ। हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ। 31त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो। 32अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए। तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए। 33त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले। बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे। 34त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु। त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर्।” 35त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे। अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।