सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

गन्ती 13

यो अध्याय यसमा पर्छ: Door de woestijn

1त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु। तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा। ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ।” 3मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून्। तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए। 4तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ; 5शिमियोनका कुलबाट होरीका छोरा शाफात; 6यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब; 7इस्साखारको कुलबाट योसेफका छोरा यिगाल; 8एफ्राइमको कुलबाट, नूनका छोरा होशिया; 9बेन्यामीनको कुलबाट, रफूका छोरा पलती; 10जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल; 11योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी; 12दानको कुलबाट गमल्लीका छोरा अम्मीएल; 13आशेरको कुलबाट मिखाएलका छोरा सतूर; 14नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी 15गादको कुलबाट माकीका छोरा गूएल। 16मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए। मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे। 17मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए। तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ। 18यो कस्तो छ भनी भूमिको जाँचबुझ गर। 19त्यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन्। 20तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर। यो असल वा खराब छ? सहरहरू कस्ता छन्? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन्? भूमि कस्तो छ। अन्‍न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन्। साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ।” त्यस बेला पहिलो दाख पाक्‍ने समय थियो। 21यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे। 22तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे। त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए। होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो। 23जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे। तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके। तिनीहरूले अनार र नेभारा पनि ल्याए। 24इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो। 25चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के। 26तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए। तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए। 27तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ। यसमा साँच्‍चै दुध र मह बग्दोरहेछ। यसका केही उत्पादनहरू यहाँ छन्। 28तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन्। सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन्। हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ। 29नेगेवमा अमालेकीहरू बसोसबास गर्छन्। हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन्। कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन्।” 30अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ। 31तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन्।” 32यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए। तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। 33हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन्। हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए। तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।