सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 35

यो अध्याय यसमा पर्छ: De koningen van Juda

1योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे। 2तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए। 3तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख। अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक। अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर। 4इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्‍ना पुर्खाका घरानाहरू र आआफ्‍ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ। 5तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ। 6निस्तार-चाडको थुमाहरू मार, आफैलाई शुद्ध गर, मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार।” 7योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए। तिनले तीन हजार साँढे पनि दिए। यी सबै राजाका सम्पतिबाट दिइएका दिए। 8मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए। परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए। 9अनि लेवीहरूलाई चाहिं कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशु र पाँच सय साँढे दिए। 10यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए। 11तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे। 12तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्‍याए। साँढेहरूका पनि तिनीहरूले त्यसै गरे। 13तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले। पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्‍तै ती मानिसहरूमा बाँडिदिए। 14त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे। यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे। 15आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए। तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे। 16यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्‍न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्‍चालन गरियो। 17उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार-चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। 18शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्‍सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए। 19योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड मनाइएको थियो। 20योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के, र योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए। 21तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु। परमेश्‍वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ। यसैले परमेश्‍वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।” 22तापनि योशियाह तिनीबाट फर्किन मानेनन्। तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले। आफू परमेश्‍वरको आज्ञाद्वारा आएको हो भन्‍ने नेकोको वचन तिनले सुनेनन्। यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए। 23धनुर्धारीहरूले योशियाह राजालाई हाने, र राजाले आफ्ना सेवकहरूलाई भने, “मलाई बाहिर लैजाओ, किनकि मलाई गम्‍भीर चोट लागेको छ।” 24यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए। तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे। तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो। सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए। 25यर्मियाले योशियाहको निम्ति विलापका गरे। सबै पुरुष र स्‍त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन्। यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन्। हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन्। 26योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू— 27अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।