सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 13

यो अध्याय यसमा पर्छ: De koningen van Juda

1राजा यरोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्य गर्न सुरु गरे। 2तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌। अबिया र यारोबामका बीचमा युद्ध भयो। 3अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए। यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे। 4अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन! 5परमप्रभु इस्राएलका परमेश्‍वरले औपचारिक करारद्वारा सधैँको निम्‍ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन? 6तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो र आफ्‍ना मालिकको विरुद्धमा बागी भयो। 7केही बेकम्‍मा बदमाशहरू त्‍यसको साथमा भेला भए। तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए। 8यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ। 9तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ। 10तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौं। हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन्। 11तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌। पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन्। तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌। हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ। 12हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन्। हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ।” 13तर यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको फौज चाहिं यहूदा, र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए। 14जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्‍नो अगाडि र पछाडि दुवैतिर भएको देखे। तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके। 15त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए। जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो। 16इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्‍पिदिनुभयो। 17अबिया र तिनका फौजले ठुलो सङ्‍ख्‍यामा तिनीहरूको हत्या गरे। इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले। 18यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो। यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे। 19अबियाले यारोबामलाई खेदे। तिनले उनीबाट बेथेल र त्‍यसका बस्‍ती, येशना र त्‍यसका बस्‍ती, अनि एप्रोन र त्‍यसका बस्‍तीसमेत कब्‍जा गरे। 20अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌। परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे। 21तर अबियाले शक्तिशाली भए। तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्‍याए, र बाइस जना छोरा र सोह्र जना छोरीका पिता भए। 22अबिया बाँकी कामहरू र तिनका व्यवहार र वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।