सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 16

यो अध्याय यसमा पर्छ: De koningen van Juda

1आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरूद्ध आक्रामक रूपले प्रस्तुत भए र रामालाई बजमूत गराए, ताकि कोही पनि यहूदाका राजा आसाको देशभित्र जान र बाहिर आउन नसकून्। 2त्यसपछि आसाले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सुन र चाँदीहरू निकालेर ती दमस्‍कसमा बस्‍ने अरामका राजा बेन-हददकहाँ पठाए। तिनले भने, 3“मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै मेरो र तपाईंका बिचमा पनि एउटा करार होस्। हेर्नुहोस्, मैले तपाईंलाई चाँदी र सुन पठाएको छु। इस्राएलका राजा बाशासँग तपाईंको सन्‍धि तोडिदिनुहोस्, ताकि तिनले मलाई हस्‍तक्षेप नगरुन्।” 4बेन-हददले आसा राजाको कुरा स्‍वीकार गरेर आफ्‍ना फौजका कमाण्‍डरलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्‌न पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्‍डार राख्‍ने सहरमाथि आक्रमण गरे। 5जब बाशाले यो कुरा सुने तब यस्‍तो भयो, तिनले रामालाई मजबूत बनाउन छोडिदिए, र आफ्ना काम बन्‍द गरिदिए। 6त्‍यसपछि आसा राजाले यहूदाका सबैलाई आफूसित लगे। तिनीहरूले बाशाले बनाउँदै गरेको रामाका ढुङ्गा र काठहरू उठाएर लगे। त्यसपछि आसा राजाले गेबा र मिस्‍पालाई मजबूत पार्न ती सामाग्री प्रयोग गरे। 7त्‍यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए र तिनलाई भने, “तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले र परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्‍केको छ। 8के कूशीहरू र लिबियालीहरू असंख्‍य रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन्‌? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राख्‍नुभएको हुनाले, उहाँले तपाईंलाई उनीहरूमाथि विजय दिनुभयो। 9किनकि परमप्रभुको दृष्‍टि सारा पृथ्‍वीभरि जहाँसुकै दौडिरहन्‍छ, ताकि जसका हृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्‍नुभएको होस्। तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो। अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ।” 10त्यसपछि आसा ती दर्शीसँग रिसाए। उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए। यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे। 11हेर, आसाका सुरुदेखि अन्तसम्मका कामहरू यहूदा र इस्राएलका राजाहरूका पुस्‍तकमा लेखिएका छन्‌। 12आफ्‍नो राजकालको उनन्‍चालिसौँ वर्षमा आसालाई खुट्टामा रोग लाग्यो। तिनको त्‍यो रोग साह्रै गम्‍भीर भए तापनि तिनले परमप्रभुबाट सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्‍लाह लिए। 13तब आफ्‍नो राजकालको एकचालिसौँ वर्षमा मरेर, तिनी आफ्‍ना पुर्खाहरूसित सुते। 14तिनको आफ्‍नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति खन्‍न लगाएका थिए। उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्‍न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो। अनि तिनीहरूले उनको सम्‍झनामा एउटा ठूलो आगो बाले।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।